कला

हाकिम

लघुकथा

ममता मृदुल 

 नयाँ हाकिम आउने कुरा थियो । दुई बजे सबै जना मिलेर स्वागत गरियो।  

हामी कार्यालयमा तीन जना महिला थियौ । सबैभन्दा सिनियर भएकाले म स्वागत गर्न बसे।  

केही बेरपछि आफ्नो कोठामा आएर कम्फ्युटर खोलेर काम गर्न थाले ।

– जो आए पनि आफ्नो काम अरूले गरिदिँदैनन् , मनमनै सोचे ।  

काम गरिसक्दा सात बज्यो ।घर जाने तयारी गरेर बाहिर निस्के । बाहिर हाकिम बसेका रहेछन् । सर म जाऊँ भन्दै  बाहिर निस्के ।  

एक महिना बित्यो । हाकिम साब सधै गफमा व्यस्त देख्थे । सबै काम अश्विन र मैले गरेपछि अरुले गफ गर्न भियाउँथे। एकदिन कुरै कुरामा अश्विनले हाकिमको श्रीमती पनि जागिरे भएको सुनायो । दुइटा छोरा रहेछन् भनेपछि मैले थाहा पाएँ । अश्विन काम गरिरहेको छन्।

मेरो कोठामा चम्पालाई बोलाउन पियनलाई पठाएँ । चम्पा आइन् । काम अह्राए । म आज चॉडै घर जान्छु यो काम गर भने । चम्पा केही नबोली बाहिर निस्किन।

दश मिनेटपछि हाकिम सर मेरो कोठामा आउनुभयो। मैले सर आज चॉडै घर जानु छ । चम्पालाई काम गर भनेको केही नबोली गइन् ।के गरूँ मैले प्रश्न गरे।

हाकिमले बिस्तारै भने– म्याम, चम्पालाई सन्चो छैन। हजुरले सकेर जाँदा हुँदैन।  

मैले रिसाउँदै भने – कहिले काम गरेको देखेकी छैन । आज काम परेर भनेकी हो । तलब खाएपछि काम गर्नुपरेन।

सर चूपचाप बसेको देखेर फेरि सोधे – म घर जाऊँ।

म्याम, म के भनूँ हजुर गएपछि चौपट हुन्छ । चम्पालाई कसरी काम लगाउनु , बिरामी छिन्।

मलाई रिस उठ्यो। चम्पा पनि आइन्।

मैले चम्पालाई हप्काउँदै सोधे – के भएको छ ? काम गर्नुपर्दा बहाना बनाउने । चूपचाप काम गर।

चम्पा डराई । बिस्तारै भनी– दिदी, आजै गर्भपतन गराएर आएकी मलाई धेरै  गार्ह्रो भएको छ ।  

मैले छक्क परेर हाकिमको अनुहारमा हेरे।  

चम्पा अविवाहित केटी थिइन् ।

प्रकाशित: २७ चैत्र २०७७ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App