कला

साथको बदलामा पनि लात छ यहाँ

मुक्तक

                १)

अनेक   उत्साह   र उमङ्ग दिन्छ,

अथवा भएका सारा खुसी छिन्छ ।

कसैलाई हुँदो रहेनछ थाहा ,

जीवनले कहाँ कुन मोड लिन्छ।

            २) 

साथको बदलामा पनि  लात छ यहाँ,

जता हेरयो उतै विश्वासघात छ यहाँ ।  

कसैका  सामु धुरुधुरु नरुनु होला,

आँसुमा अवसर खोज्ने जमात छ यहाँ।

 

                     ३) 

ताल मिलाउन नजाने नि समयसँगै नाचेकी छु,

उसकै इसारामा मनलाई कैयौंचोटि भाँचेकी छु ।

जीवन रहेसम्म कहिल्यै थाक्ने छैन भन्दै  मैले,

आफ्नै दुख रोएकी छु आफ्नै खुशी हाँसेकी छु।

 

        ४)

उठबस   गराउन    नखोज,

मनपरी   लदाउन    नखोज।

आफ्नो अस्तित्व बुझिसकें मैले,

हिजो  जस्तै  दबाउन नखोज।

 

                  ५)

अप्ठ्यारोमा पनि गोडा थमाउनु पो रहेछ,

सुखदुःख  घरगृहस्थी जमाउनु पो रहेछ ।

चुनौतीका बिच पनि हाँसेकै छन् मान्छेहरू,

जिन्दगीको सही  अर्थ  रमाउनु पो रहेछ।  

प्रकाशित: १९ चैत्र २०७७ ०५:४२ बिहीबार

अक्षर