कला

बालविधवा

लघुकथा

उकाली बाटो, उराठलाग्दो घाम, निधारमा ठोकिएर, राप खेप्दै, बेलाबेला सुस्केरा हाल्दै, खलखल पसिनाले निथ्रुक्क भिजेर दामोदर वर–पीपलको चौतारीमा पुग्यो ।  आफूले बोकेको भारी बिसाउँदै  पुलुक्क यता उता हेर्यो । नजिकै एक वृद्द माता बत्ती कातेर बसिरहनुभएको रहेछ । केहीबेर थकाइ मारुन्जेल ती मातासँग भलाकुसारी गर्यो । 

हेर्दै सत्तरी काटिसकेको जस्तो देखिने, सेतै फुलेका कपाल, उज्यालो मुहार, मिलेका दाँत सरल र मृदुभाषी बोली वचनले दामोदर निकै प्रभावित भयो । झल्झली ती वृद्द माताको मुहार सम्झदै आफ्नु बाटो लाग्यो ।

सानैमा विहेवारी गरेर माइतीघर छोडेकी तिनी, बिहे भएको एक महिनापछि नै पतिवियोग सहनुपरेको रहेछ । केटाकेटीमै बिहे भएकाले,  लाग्ने र स्वास्नी बीचको नाता, अनि छोटो संगतको कारण आफूलाई पतिको माया के हो भन्ने समेत थाहा नभएको र आफूलाई पनि खासै माया नलागेको बताइन् । कोही अलछिना, कोही लोग्ने टोकुवा जस्ता उपनामले बोलाउँथे । 

त्यो बेलाको समाजले अनेक नाम दिए पनि वास्तविकता आफूले नबुझेको र कुनै मतलव पनि लागेन । सासूससुराले अंश भनी दिएको जेथा सम्हालेर आजसम्म विधवाको जीवन बाँचेको छु ।अहिलेजस्तो त्यो बेला विधवा महिला बिहे गर्ने मान्छे भेटिदैन थियो । आफू विधुर भए पनि पाएसम्म दोस्रो बिहे गर्न पनि कुमारी केटी नै खोज्ने चलन थियो । भगवानले हेरेका छन् ।  उनैको शरणागत हो यो जीवन बाबु, भनेको सम्झदै दामोदर गन्तव्यतिर पुग्यो ।

समयले नि निकै कोल्टो फेर्यो, समाज परिवर्तन भयो । धन्न एकल महिलाले दोस्रो बिहे गर्न इच्छा गरे र मन्जुर गर्ने वर पाए पुनः बिहे गर्न हुन्छ भन्ने धेरैले सल्लाह दिए । नत्र यो समाजमा मेरी बहिनी पनि ‘बालविधवा’को अर्को नम्बरमा पर्थी।

प्रकाशित: १६ चैत्र २०७७ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App