कला

पाँच स्रष्टालाई सम्मान

अक्षरमार्गले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा नेपाली भाषा र साहित्यमा  महत्त्वपूर्ण योगदान गर्नुभएका पाँच  स्रष्टालाई सम्मान  गरेको छ।

यसरी सम्मानित भएका स्रष्टाहरूमा ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु एस राई, ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’बाट वियोगी बुढाथोकी, ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’बाट कवि सुरेन्द्र अस्तफल, ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’ बाट तारा केसी छन । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा तुलसी  भट्टराईले सम्मान सम्पर्ण गरेका थिए।

सोही कार्यक्रममा मुक्तकमा समवेत स्वरहरू पनि लोकार्पण भएको छ । उत मुक्तक संग्रहमा नेपालभित्र र बाहिरका १३८ जना मुक्तककारका मुक्तक समावेश छन ।

प्रकाशित: १५ चैत्र २०७७ ०७:१८ आइतबार

अक्षर