कला

एक्लो आउँछ मान्छे एक्लै जाने रैछ

गजल

नजिक आएको छु, नजर हुन्छ हुन्न,

म  आफन्त तिम्रो  कदर हुन्छ हुन्न ।  

 

नपिउने म  सधैँ  तिमी पिई  हिँड्छौ,

मेरो  छेउ  आउँदा  असर हुन्छ  हुन्न।

 

एक्लो आउँछ मान्छे एक्लै जाने रैछ,

जीवनभरि  यस्तै  सफर  हुन्छ  हुन्न।

 

बाध्यताले मलाई त्यहीँ  बस्नुपर्यो,

कोलाहल  नहुने  शहर  हुन्छ  हुन्न।

 

न  तिमी मुना हौ  न म तिम्रो  मदन,

यस्तो  माया  हाम्रो अमर  हुन्छ हुन्न ।

प्रकाशित: १४ चैत्र २०७७ ०९:०७ शनिबार

अक्षर