गाँस, बास, कपास , गरीबको भाग्यमा परेको छैन,
मेहनती पाखुरा भए पनि , कहिले खुशी छरेको छैन।
कृषि प्रधान देशका, कर्णधार किसान तिम्रो मुहारमा,
दुई पलको खुशी, कहिले कसैले भरेको छैन।
कुटो – कोदालो बोकी , पाइला चाल्छौ उन्नतिपथमा,
धन्य छौ तिमी उत्साह, जाँगर तिमीमा मरेको छैन।
हिमाल, पहाड, तराई , सिन्चित छ तिम्रो पसिनाले,
कसैले पनि तिम्रो , मेहनतको कदर गरेको छैन।
कर्म गर फलको आशा, नराख भन्छ गीताले पनि,
देशको सेवा गर नौजवान हो , अझै बेला टरेको छैन।
प्रकाशित: १० चैत्र २०७७ ०८:०० मंगलबार