गलत गरेर सही गर्नेहरू
र
सही गरेर गलत गर्नेहरू
अपराध गरेर माफी माग्नेहरू
र
माफी मागेर अपराध गर्नेहरू
हामी भोग्दैछौ
माया गरेर पाप गर्नेहरू
र
पाप गरेर माया गर्नेहरू
खोजौ कसरी कहाँ छन बबुरा
गलत नगरी सही गर्नेहरू
कहाँ भेटौ हामी
किन खै नभेटौँ
पापै नगरी माया गर्नेहरू
अपराधै नगरी माफी माग्नेहरू
जागेर जगाउने धर्ती फूलहरू
सूर्याेदयहरू
घाम फूलहरू ।
प्रकाशित: २४ माघ २०७७ ०९:३० शनिबार