– कामको सिलसिलाले बजारतिर थिएँ ।
टेलिभिजन पसलमा मान्छेको झुण्ड थियो । सोचें, क्रिकेट गेम हेरेका होलान् । म पनि यसो घाँटी लामो पार्दै टेलिभिजन नियाल्न खोज्दै थिएँ । अग्ला मान्छेको कदले टेलिभिजन हेर्न सकिन। बाटो किनारा आएँ । बाटोदेखिको दुरी र टेलिभिजनको स्वर संवाद मेरो कानले सुन्न भ्याएन् । टिभी स्क्रिनको हेडलाइनमा सेता अक्षरहरू रफ्तारमा कुदिरहेको देखें । त्यो पढ्न र बुझ्ने कोसिस गर्दै थिएँ । बल्लबल्ल बुझें । मन्त्री परिषद विघटन।
फेरि दोहोरयाएर हेडलाइनमा पढें, मन्त्री परिषद विघटन।
आफैले आफैलाई भने– लु जा त सक्किगो।
छेउमै एकजना थिएँ । उनी पनि किनाराबाटै हेर्दै थिए । उनले भने – हैन के सक्किगो । राजनीतिक खेल त अब सुरु भो।
मलाई जिज्ञासा लाग्यो र सोधें– कसरी राजनीतिक खेल सुरु भो ?
उसले सहज जवाफ फर्कायो– यिनीहरू चेसका प्यादा हुन् , मन्त्री होइनन् ।
मेरो कौतुहलता अझै मेटिएन । फेरि कोट्याउन थाले– देशले कोल्टे फेर्छ भनेको, उल्टो पो फेरेछ । के फेरि राजतन्त्र आउँछ ?
म टेलिभिजनतिरै आँखा तेर्साउँदै ऊसंग बोल्दै थिएँ । म प्रश्नको जवाफ पाउने आशमा ऊतिर फर्किन खोजेको । ऊ त पर पो पुगिसकेको रहेछ ।
प्रकाशित: २३ माघ २०७७ १०:२९ शुक्रबार