कला

मेसेज बक्स

लघुकथा

एकदिन सुनसान साँझको बेला  बाटोमा परबाट हाम्रै टोलछिमेकी एकजना महिला आइरहनुभएको देखें। उहाँ सँधैजसो मेरै पसलको  बाटो भएर जानेआउने गर्नुहुन्थ्यो । उहाँ मेरो पसलनेर आइपुग्नुभयो र मैले अभिवादन गरें र सोधें – नमस्ते , कता पुगेर आउनुभो दिदी ?

– धेरैमा देखेँ नि, मैले फेरि भने।  

– अँ आज एउटा साहित्यिक जमघट थियो । त्यतै गएर आको अल्ली ढिला भो ।  उहाँले एकैसासमा जवाफ दिनुभो ।

–लल हजुर्कै छ मस्ती, कथा , कविता आदि साहित्यिक वातावरणमा आनन्दसॅंग रम्यो , बधाई छ । मैले भने।

अनि कसरी कार्यक्रम थाह पाइन्छ त । फुर्सद मिले त म पनि जान्थेँ । मैले उत्साहपूर्वक फेरि सोधेँ र आफ्नो मनसाय सुनाए ।

–ए  त्यो त कार्यक्रम बारेमा पहिले  नै सूचना गर्छन् । कहिलेकाहीँ निम्तो पनि बाँड्छन् ।” उहाँले जवाफ दिनुभयो।

–कहिलेकाहीँ कम्प्यूटरको मेसेज बक्समा पनि निमन्त्रणा आउँछ । समय र स्थान तोकेर बोलाउँछन् । निमन्त्रणा स्विकारेर पुगिन्छ पनि। तर, कहिलेकाहीं त साह्रै भेदभाव गर्छन् अनि महत्वहीन पनि लाग्छ । उहाँले दिक्कलाग्दो पाराले भन्नुभयो।

उहाँले फेरि यस्तो पनि भन्नुभयो– मलाई लाग्छ, साहित्यकार त आख़िर सबै साहित्यकार नै हुन्  नि । जसरी शिक्षक भन्नेबित्तिकै सबै दर्जाका  शिक्षाकर्मीलाई जनाउँछ त्यस्तै साहित्यकार भन्नेबित्तिकै सबै बराबर नै होइनन् र । वरिष्ठ र कनिष्ठको भेद किन ?  ?

उहाँले आफ्नो विचार यसरी पनि व्यक्त गर्नुभयो ।  

– मेरो विचारमा त कुनै –कुनै साहित्यिक संस्था , साहित्य समाज , साहित्य प्रतिष्ठानका अध्यक्षहरू त कति असल, सरल स्वभावका हुन्छन् , समानता र सदभावपूर्ण व्यवहार गर्दछन् , खुशी लाग्छ , जान पनि हौसला हुन्छ । तर,  कुनै– कुनैमा त।

बेलाबेला विभिन्न समयमा विभिन्न कार्यक्रम भैइहेका हुन्छन्  । त्यस्ता कार्क्रमहरूमा छानेर मान्छे बोलाउने गर्नु त स्वभाविकै हो।

तर  कुनैकुनै संघ संस्थाहरूमा भने त आश्चर्य नै लाग्छ । उनीहरूको व्यवहार देख्दा कहिलेकाहीँ त मलाई अति नै घृणा पनि लाग्छ किनकि राम्रो राष्ट्रिय स्तरका , प्रशंसायोग्य परिचयात्मक कार्यक्रमहरूमा चाहिॅं आफना वरिपरि झुम्मिने पछौटेहरूलाई मात्र मौका दिन्छन् । हामीलाई जानकारी समेत दिँदैनन् ।

यदि ठूलो भिड गराएर आफ्नो फुर्ति र रवाफ देखाएर अरूलाई प्रभाव पार्नुपर्ने अवसर छ भने हाम्रा टेलिफोनमा , हाम्रा मेसेज बक्समा, सूचना वा निमन्त्रणाको पनि खात नै आउँछ मोवाइलमा समेत । तर, के गर्नु र  इन्टररनेट’ छैन भने त्यै पनि... ।

प्रकाशित: २१ माघ २०७७ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App