कला

कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ

गजल

लेखेर कथा सकिन्न व्यथा कहर उस्तै छ,

कपाल फुल्यो शरीर सुक्यो रहर उस्तै छ।

 

मनमा फुल्यो प्रीतिको फूल छरेर सुवास,  

काँचुली फेरयो युगले आज बहर उस्तै छ।

 

अनिदो रात मायाको हात लाएर तकिया,  

रातकी रानी, नशिली नानी जहर उस्तै छ।

 

पत्थर फोडी पर्खाल हाली पहाड भीरको,

मनको फाँट, काटेको कुलो नहर उस्तै छ।

 

आँखामा आँखा राखेर पनि नपुग्ने ऊ दिन,

जवानी बोकी हिँडेको याद सहर उस्तै छ ।

प्रकाशित: १७ माघ २०७७ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App