कला

भाङको लड्डु

लघुकथा

 

जनतामा एक प्रकारको निराशा , आक्रोश र घृणा थियोे नेताहरूप्रति । उनीहरूलाई बाँडेको आश्वासनले गर्दा पनि यस्तो भएको हुन सक्छ। चुनाव जितेर गएपछि जिल्ला नफर्केकाले जनतामा रोष थियो।  चुनावी माहोल बन्दै जादाँ धेरैपछि बल्ल जिल्ला फर्केका छन् ।

कार्यक्रमको आयोजना भो । नेताले उस्तै जोसिला भाषाण  गरे।  उनको कुरा सुनेर अघिपछि आक्रोश पोख्ने जनता लठ भए ।  अघिपछि स्वागत समान गर्नेहरूका उस्तै लर्को देखियो। एकप्रकारले उनी आगामी चुनावको लागि अगावै  विजय छन्।

उनले जिल्ला साथै गाउँगाउँका खबरहरू कर्याकर्तासित बुझे । तर, सोचेजस्तो चुनावी बलियो आधार नदेखेपछि गोप्य रूपमा  जिम्मेवार कार्यकर्ताहरुको तत्काल भेला गर्दै बिर्केस खोलेर त्यहाँबाट  बन्डलको बन्डल पैसा  झिकेर लाखौं  बाँड्दै भन्यो –  सुन्नु भो, सबैलाई किनेर आजैबाट हाम्रो मान्छे खटाउनुहोस्  । फेरि नि जित हाम्रो नै होस् अर्थात् मेरो होस् । अपुगमा थप रकम दिनेछु।

एउटा कार्यकर्ताले संकोच मान्दै भन्यो – ए नेताज्यू, यस्तो पनि हुन्छन् कतै । जनताले  किनबेच हैन विकास र समृद्दि चाहेको छ।

उसको कुरा सुनेर हाँस्दै नेताले भन्यो– जनता यस्तै हो । कराउँदै गर्छ भाङ लागेर लट्ठ भएपछि जोगीको सरणमा झै पर्दछ हाम्रो।

नेताको कुराले छक्क पर्दै सोध्यो –  कसरी भाङसित दाँज्नुभयो ?

नेताले कुटिल हाँसोका साथ भन्यो – भाङ लाग्नुअघि मानिस चनाखो हुन्छन् । मानिस जब भाङ  लाग्छ ऊ एकोहोरो हुन्छन् नि ।  हो त्यस्तै हामी पनि भाङको लड्डु बाँड्छौं ।  डोज हेरेर दिएपछि नलाग्ने कुरा नै छैन ।  यी लाखौं बन्डल र हाम्रो भाषण उस्तै हो।

सबैले भाङको लड्डु चूपचाप उठाए पनि प्रश्न कार्यकर्ता भने लामो श्वास तानेर फाल्दै खाली हात निस्किए  चूपचाप।

प्रकाशित: ५ माघ २०७७ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App