कला

हुन नसकेको म

कविता

 

 

न त समय चिन्न सके

न त समयसँग हिँड्न सके

आखिर अल्झिए बल्झिए

किन खै यतैकतै

न त केही गर्नै सके

न त जिन्दगीमा  

हराभरा भर्नै सके

रहे कोसौं पछाडि  

म बाटोलाई कुल्चिएर

जानेको भीडमा

मलाई सिँढी बनाई

माथि चढ्नेको हुलमा

खै म किन कुल्चिएर रहे

अनि किन पछाडि भए

यी अनुत्तरित प्रश्न  

तेर्साइरहन्छु जिन्दगीसँग

फेरि बेफिक्री पाउँछु

र हराउँछु आफैैैैभित्र

त्यसैले त होला  

सायद,

म को हुँ म किन जन्मे

मैले मलाई चिन्न सकिन

अन्ततोगत्वा  पाउँछु

भेटाउँछु सबैसबै  

सवाल –जवाफ  

यसरी त म को हुँ

त्यो हुन सकिन

र त भन्छु

हुन नसकेको म ।  

प्रकाशित: ४ माघ २०७७ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App