कला

मनोनेट कथा सङ्ग्रह चिहाउँदा

पुस्तक

पुष्प आरजे

‘मनोनेट’ मिडिया रिसर्च सेन्टर झापाबाट निस्किएको पुस्तक हो। यस पुस्तकमा लामाछोटा  २२ वटा कथा  छन्। कथाकार तीर्थ सिग्देलको पहिलो कथा संग्रह ‘मनोनेट’ कथाको सातौं कथाबाट पुस्तकको नाम जुराइएको छ। प्रेस संगठन नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका तिर्थ सिग्देलको अहिलेसम्म चार वटा पुस्तक प्रकाशित छ। जसमा पूर्वको राजनीति, एक दिन समय कथा छ । त्यसै गरी लेखन तथा सम्पादनमा समृद्धि किताब र सम्पादनमा रहेर सम्झनामा यादव पौडेल स्मृति ग्रन्थ प्रकाशित छन्।

कथालाई हेर्दा, त्यससपछि ऊ हराइ कथा ऊ पात्रबाट सुरु भएको छ। जसमा प्रमिशाले रमेशलाई अफिसमा आएर केही भनेकी छिन्। प्रमिशाले जुन जागिरको लागि मरिहत्ते गरेकी थिइन् ।  त्यहीँ जागिर छोडेकोमा रमेश छक्क परेको थियोे। प्रमिसा एक यौनकर्मी थिइन्। जहाँ रमेशले पहिलोपटक भेटेको थियोे। रमेशले नै उद्धार गरेर उसको जीवन परिवर्तन गरेको थियोे त्यो नारकीयबाट। अन्तमा कथाले कौतुहलताका साथ ऊ पात्र प्रमिशा शहरबाट हराउँछिन्।

जिन्दगीको पासवर्ड प्रस्तुत कथा साइराले गरेको ब्लाकमेलबाट सुरु हुन्छ। म पात्रले जीवनको पासवर्ड साइरालाई दिएपछि सुरु भएको छ। साइराले एकदिन म पात्र सीमान्तलाई आफ्नो ब्वाइफ्रेन्डसँग परिचय गराउँछिन्। एकदिन सीमान्तको जन्मदिनमा साइराले आफूजस्तै ह्याकर बनाउन अनुरोध गर्छिन्। सीमान्त एक आइटी पर्सन थियो। अन्तमा खुशी हुँदै ल्यापटपको पासर्वड थिच्छ। अचानक परिवर्तनसंग सायराले अविनाशसंग विवाह गर्छिन्।

 

मनोनेट

दोमन ऊ पात्रबाट सुरु कथामा। जो ऐनमा हेर्दै आफ्नो परिचय खोज्छे। मनोवाद शैलीमा सुरु भएको कथा नारीको सिन्दुर एक एक बन्धनसंगै कथा सकिन्छ।

पहिलो खुशीूकथा बिहे गर्न गरेको प्रसंग संगै उठान गरिएको छ। परिवारका सबै सदस्यले बिहे गर्न कान्छा लाई दवाफ दिन्छन्। सबैको आ(आफ्नै तर्क छ। आमालाई नाति,बैनिलाई तेस पछि आफ्नो पालो आउछ कि भन्ने,दाजुलाई घर जिम्मालाउने सोच। भाउजूको भने बोलिको टुंगो छैन। एकदिन अचानक नयाँ केटि गाउँमा आउछिन्। जो कान्छाको सानोको साथी थिईन्। बिदेश बसेर आएको त्यहीँ बच्चा देखिको साथीले बिवाह गरेर कान्छा लाई क्यानेडा लिएर जान्छिन्।

अन्तिम सहारा दाइ तपाईं के काम गर्नुहुन्छ। एउटी केटीको कुराबाट सुरु भएको छ। म पात्रको बारेमा सबै कुरा थाहा पाएको बताउछिन् उक्त केटीले। आफ्ना विगत देखिका सबै घट्नाक्रम सुनाउँछिन्। साथीको संगतले गलत काममा लागेको र पछि रोगले सताएको। अब अन्तिम साहारा मेरो छोरिको लागि श्रीमान्बाट अंश गराई दिन अनुरोध गर्छिन्।

विद्रोहको घाउ कथा माइला उर्फ बडाबा कुनै बेलाका पञ्चायको अध्यक्ष सम्म भएका उनी। पछिल्लो पटकका ज्योतिषि। देशको ब्यतिथिका बारेमा बोलिरहन्छन्। माओवादी विद्रोहले गर्दाको पिडाले घर छाड्नु परेको पिडा। यसरी कथा सकिन्छ।

मनोने कथा एयरपोर्टबाट सुरु भएको छ। जहाँ जहाजको ट्रान्जिटको सकस देखिन्छ। दिल्ली एयरपोर्ट लामो बसाइँ प्रकाशको। एक्कासि एउटी सानी बच्चीले जब प्रकाशको लुगा समाउछिन्। उसको आमासंग परिचय हुन्छ। त्यस सानो बच्चीले प्रकाशलाई आफ्नो नानीको याद दिलाउछिन्। अन्तत मनले मनको भाव बुझेझैं कथा सकिन्छ दुवै छुट्टिन्छन्।

सीतादेवीसिताको बिहेबाट कथा सुरु हुन्छ। ८ कक्षा फेल भएपछि बिवाह। अनि आफुले मन पराएको मान्छेको लाचारीपन। यसरी सितादेवीको सानोमा संगै पढ्ने संग विवाह हुन्छ। जसलाई पहिले बलले हानेकी थिइन् ।

भलो चाहने मान्छे  मेसेजको गुनासोबाट कथा सुरु भएको छ। प्रकाश लाई मेसेज मात्र आईरहन्छ कहिले के कहिले के भनी। प्रकाशको एउटा जवाफ बाट कथा सकिन्छ।

अतीत १५ वर्ष पहिले कलेजमा भेट्दाको साथीबाट कथा सुरु हुन्छ। एउटा कार्यक्रमको टीका लाउन भेला भएका उनीहरू विगतमा हराउँछन्। केटाले अतीत सम्झिन्छ कलेजका दिन। यसरी कौतुहलताका साथ कथा सकिन्छ।

बोझ कथा उ पात्रबाट सुरु हुन्छ। उसले पाएको धोकाबाट प्रत्येक पुरुष खराब लाग्छ। जीवन संघर्ष हो,बिगत छाडेर अगाडि बढ्नुपर्छ।

सौताको छोरो शौताको छोरा विशाल तर विसालले कहिले सानी आमा जस्तो गरेन। कान्छी आमालाई गाउँमा कसैले मन पराउदैनन्। छोराले विदेश आफूसँगै लग्छ। एकदिन छोरासंग माफी माग्छिन्।

कुमारी केटी एक महिला एक्लै बोलिरहेको बाट कथा सुरु भएको छ। विवाहपछिको हरेक जिम्मेवारी पूरा गरेको छु । त्यो पनि एक्लै उनी बोलिरहेकी छिन्। एउटा जिम्मेवारी आमाको कथा। जसमा श्रीमान्ले साथ दिदैनन्। छोराछोरीकै लागि ऋणमा डुबेको आमाको कथा।

मन पगाल्ने शब्द  दशैको शुभकामनाबाट कथा सुरु हुन्छ। माफी माग्छे कारण भन्दिन ऊ। एकदिन उसले भनेको ठाउँमा भेट्न जान्छ। यहीँ कौतुहलतमा कथा सकिन्छ।

अविश्वासको खाडल एक  मिलेको जोडी छुट्टिने संघारमा छन्। उसले विगत सम्झिन्छ।

यद्ध मैदानको बकपत्र  युद्धको बाट बचेको एउटा युवा। जसले परिवर्तनका लागि बन्दुक बोकेको थियोे। साथीहरू गुमाएको थियोे। आखिर उनी पनि त अझै पर्खिरहेकी छिन् उसैका लागि।

अमिला सामन्थी बाताबरणको चिन्ताबाट कथा सुरु छ।१३ देशका प्रतिनिधि भेला भएका छन् श्रीलंकामा।एकदिन श्रीलंकासंग उनको परिचय हुन्छ।उनी सगर्भ म बुद्ध जन्मेको देशाको मान्छे हु भन्छिन्। अन्तमा ऊ अचम्म पर्छे। किन बुद्ध धर्म मान्ने देशमा युद्ध हुन्छ।

बुद्ध जन्मेको देशमा किन बैदिष्ट कम सायद जिन्दगी गाउँबाट शहर पढ्न आउनेको कथा। एक दिन एउटा केटीले कतै जान गरेको आग्रह। अनि शहरमा आएर यसरी नै बिग्रेको उठान गरिएको छ। गाउँ र शहरको फरक।

मन रसाइरहेक‍ो छ कथा बिहेको प्रसंगबाट सुरु भएको छ। फेसबुकको साथीसंग भेट हुन्छ। विगत र वर्तमानको कुरासंगै कथा सकिन्छ।

बाँच्ने रहर कथा आत्महत्याको विषयबाट उठान भएको छ। चिठी लेखेजस्तो गरी कथा अगाडि बढेको छ। जीवन बाँच्ने कला पन्छीबाट सुरु भएको छ। पन्छीको मिहिनेतलाई मातृत्वसँग र एक्लै गरेको मिहिनेतलाई पुरुषको धोकासंग दाँजिएको छ। कथाले अन्तमा राम्रो सन्देश दिएको छ।

अनुगमन कथा एक जना भेट्न आएकोबाट सुरु भएको छ। जब आफूलाई साथ दिएको मान्छेले आफ्नै बैनी लग्छ र ऊ एक्लै बस्ने निर्णय गर्छे। पुरुषलाई हेर्ने नजर फरक बनाउँछिन् । गफ भइरहँदा अनुगमनको फायल दिन नगरपालिकाबाट फोन आउँछ । मोबाइल माग्छिन् उनी। अनि आफ्नो नम्बर डायल गरी नाम आफै राख्न भनी मोबाइल दिन्छिन्।अन्तिम भूल कसैले कथा मन पराएकोबाट सुरु हुन्छ। उनी कथाको पारखी हुन्छिन्। कथा मनोवाद शैलीमा सकिन्छ।

कथाकारले यस संग्रह कथाका एक आपसमा फरकपन ल्याएको देखिन्छ। जीवनमा देखेका,सुनेका र भोगेका घटनाक्रमलाई फरक रूपमा व्याख्या गरी कथाको रूपमा ल्याउनुभएको छ। जुन पढ्दा एकदमै आनन्द दिन्छ। यस सङ्ग्रहमा कसैको भनाइ नराखी सिधै लेखकको भनाइ सकिनसाथ कथाक्रम दिएर कथा सुरु गरिएको छ। जुन यस सङ्ग्रहमा फरकपन देखे। आवर कला एकराज प्रधानको आवरले धेरै मायालु जोडिएको ध्यान खिच्न सक्छ।

कथाकार तीर्थ सिग पत्रकारबाट पहिलोपटक यही सङ्ग्रहबाट कथाकारका रूपमा उदाउँदैछन्। कथा पड्दै जाँदा कहीँ उनमा समाचारको प्रभाव जस्तो देखिन्छ। उठान,प्रस्तुति र समापन कहीँकहीँ कमजोर देखिए पनि समग्रमा राम्रा छन्। हो कति कथा पढ्दा यी कथामा अझ केही गर्न सकिन्छ कि जस्तो लाग्न सक्छ। कति कथामा पुरुषलाई निरीह र महिलालाई हिम्मतिलो बनाइएको छ। एकोहोरो आफ्नो मात्र बयान सुन्नेलाई झट्का लाग्न सक्छ। उहाँले पहिलोपटक साहित्यमा यति गर्नुलाई उहाँको हिम्मत ठान्छु। कथाका पात्रमा कयौंपटक म आफै हराएको छु। पढ्दै जाँदा घटनाक्रम सिनेमाझै अगाडि आए जस्तो लाग्छ। आँसु पुछेको छु उहाँको कथामा।

आउँदा दिनमा यसरी नै प्रभावशाली कथा र सङ्ग्रह नेपाली साहित्यमा दिदै जानू होला। शुभकामना छ साहित्यकार तीर्थ सिग्देललाई।

नाम– मनोनेट

विधा – कथा

प्रकाशन – मिडिया रिसर्च सेन्टर झापा

पृष्ठ सङ्ख्या – १७२

मूल्य– २५०।

प्रकाशित: २४ पुस २०७७ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App