कला

स्वीकार

कविता

सोनाम सज्जन किराती

 

वर्गले आँसु  

आँसुले सत्ता  

सत्ताले हाँसो  

हाँसोले मृत्युु स्वीकार्न सिकाउँछ

 

जब जिउनुपर्छ मानिस  

त्यही नउठेको वर्ग  

नउभिएको आन्दोलन  

र खासखास धरातलमा  

छरिएका मानिसहरूको निम्ति मात्र  

बाँच्नुपर्छ त्यो मानिस  

हो उनै पंति हुन असल समाज  

 

यही असल समाजको खिल्ली उडाएर

त्यहाँ कुर्सीकाहरू हाँस्छ

जो हाँसिरहेका छन्  

उनले इतिहास निर्माण गर्दैनन्  

इतिहास लेख्ने मसीको विरुद्ध हुन्छन्  

र मसीहरू अक्षरमा रुपान्तरित भएर

साक्षात पुग्छन इतिहासको साक्षी

तिनै भुई मानिसतिर

 

अनि सार्वभौम भएर  

धरतीको कुनाकुनालाई उजागृत तुल्याउने छ  

हरफ–हरफले चिथोरेर अँध्यारो भत्काउन

 

हल्लने छ भत्ताको महल

हार्ने छ सत्ताको झेल

र सर्नेछ विस्तारै  

छलछाम विरुद्ध  

आगोको उज्यालो बिरुवा  

र ध्वस्त बनाउनेछ  

त्यो पाखण्डी कर्तुत

 

अनि आउनेछ  

उभिन नसकेकाहरूको  आन्दोलन

आँधीको गर्जन लिएर पस्नेछ  

अँध्यारो मास्न  

र उज्यालोको पक्षमा मृत्युु बाँच्नेछ

जुन मृत्युु इतिहासको जिवन्तता सावित हुन्छ  

उस्ले असमानताको वर्ग सत्ता खारेज गरिदिन्छ  

आँसु  शक्तिमा बदलिन्छ

सत्ता समानताको बाटोमा उभिन्छ

वर्ग मृत्यु नजिक पुगेर

नयाँ हाँसोको सुरुवात हुन्छ  

र यो राजा  

राणा पञ्चायत  

लोकतन्त्रभन्दा बिलकुल फरक तरीकाले आउँछ

आमन्नेसामन्नेबाट आउँछ

आफूबाटै सुरुवात हुन्छ  

आफ्नो शासन अरूलाई होइन  

आफैंले गर्ने हो सिकाउँछ

हो यसरी मात्रै अमर विजयको सुरुवात हुनेछ  

त्यहां एक पोया पनि तानाशाह रहनेछैन  

निरंकुशताको विचलन पखाल्न

एमीकसहरू चाहिने छैन  

प्रष्ट छ सडक बतासले बढार्ने छ ।

प्रकाशित: २२ पुस २०७७ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App