कला

अँध्यारो जंगलभित्र

बालकथा

भाग्यशाली अधिकारी

 

ओ हो ! हेर त कस्तो अँध्यारो कालो झ्याम्म परेको रूख पनि कत्राकत्रा ह्यामानका रहेका निमीले देख्यौ? धने ! भनेर मनेले भन्यो । ओहो यो त सारै बडेमानको जंगल रहेछ धनेले भन्यो । 

तिमी एक्लै त्यो जंगलभित्र जान सक्छौँ धनेले सोध्यो । ओहो ! बाफ्रे बा ! त्यत्रो ठूलो जंगलभित्र को जान सक्छ ! म त सक्दिन बा तिमी जान सक्छौँ र ! धनेको जवाफ आयो । 

त्यहाँभित्र त केके छन् केके । त्यस्तो त्यो डरलाग्दो जंगलभित्र को छिर्न सक्छ ! हेर त त्यहाँ साल, सिसौँका रूख पनि कत्राकत्रा रहेछन् भन्दै थियो । त्यतिबेलै त्यहाँबाट एउटा ठूलो बाघ पो निस्कियो । कता–कता धनेका आँखा त्यही बाघमाथि परे । लम लम ! यतै पो आउँदै छ कि क्या हो ? ओहो हेर त मने धनेले भन्यो । हँ ! हो र ! हो ! हो । भाग ! भाग ! दुवै जना बेतोडले कुलेलम ठोके । पर पुगेर फर्किएर हेरेका त बाघ अर्कै बाटो लागेको देखें , पर्खीपर्खी बाघ अर्कै बाटो लाग्यो । अब हामी एकैछिन यहीँ बसौँ मनेले भन्यो र दुवैजना त्यहीँ बसेर थकाइ मारे ।

मनेले निकै सोच्न थाल्यो – पक्का पनि यो जंगलभित्र निकै रमाइलारमाइला ठाउँ छन् । कति तलाउ होलान् त्यहाँ अवश्य खरायो मयूर पनि हुन सक्छन् । त्यहाँ कति खोलीका कलकल ध्वनि नानाथरीका चराचुरुङ्गीका चिरविर– चिरविर आवाज सुन्न पाइन्छ होला । तलाउमा हाँस पौडिएको हेर्न मलाई असाध्यै मन पर्छ । मनेको मनमा खेल्न थाल्यो । अनि मनेले धनेलाई हेर भाइ त्यो बाघ निस्केर अन्तै गइहाल्यो । अब हामी यो नजिकै आएको जंगल घुमेरै फर्काँै । जंगल घुम्ने धोको पु¥याउँ भन्न थाल्यो । 

धनेको पालो –ओहो ! त्यत्रो त्यो डरलाग्दो जंगलभित्र पनि हामी एक्लैदुक्लै जान सकिन्छ ? भो म त जाँदै जान्न बा ! तँ जेसुकै भन् भन्यो । के भनेको होला यसले ! त्यो एउटा बाघ गयो भनेर हुन्छ । त्यत्रो जंगलभित्र हात्ती,गैँडा, भालु, चितुवा जस्ता जंगली जनावर त्यहाँ कति छन् कति ! त्यस्तो जंगलभित्र तिनले हामीलाई झम्टिन आए भने त्यतिबेला हामी कहाँ जाने के गर्ने अनि तिनले हामीलाई मार्दैनन् ! धनेले फेरि थप्यो । 

मनेको पालो –यहाँ तँ त सारै डरछेरुवा रहेछस् बाबु ! यस्ता कुरामा पनि कोही डराएर बस्छ । त्यसा ेभए त हामीले केही पनि गर्न सक्दैनौँ ह्यात् !

ल आइज खाए खान्छ म अघि अघि लाग्छु तँ पछि पछि लाग । खाए मलाई नै खान्छ । तँ भाग्लास् भयो भनेर मने अघिअघि गयो । धने  मनेको पछिपछि लाग्दै गयो । दुवै जना घुम्दै गए । आहा जंगल त सारै रमणीय  रहेछ  !  एकातिर कोइलाका को हो – को हो कराएको सुनियो अर्कोतिर काफल पाक्यो – काफल पाक्यो कराएको आवाज आइरहेको छ । कतै पोखरा जाऊँ– पोखरा जाऊँ भनेको सुनिएका छन ।

आहा, अनन्त चराचुरुङ्गीका आवाजले सबै जंगल कस्तो गुञ्जायमान भएको कस्तो रमाइलो । उता सुन न, उता हेर त ! खोलीका कलकल ध्वनि कस्तो मजा आहा ! थाहा पाइस् ! मनेले धनेलाई भन्दै लगिराखेका थिए । तैपनि धनेलाई डर लागिरााखेको थियो ।  

धने–भयो अब जाऊँ भन्यो । मने– पर्खी न पर्खी  ? दुईजना भएपछि केको डर ! एकैछिन हेरौँ भन्यो । धने– ऊ । कता छस्क्क गरे जस्तो छ फेरि बाघ आयो कि क्या हो मने –या  आए छु भने हामीले जान्या छ । त्यतिबेला एउटा उपाय निकालिहालिन्छ नि ।  धने–भो निकालिस ह्वाङ्गै झम्टिन आयो भने अनि ।त्यतिबेला तैँले के उपाय निकाल्छस । 

मने–ऊ हेर त आहा ! कस्तो मजाको तलाउ रहेछ । हावा खाँदै एकैछिन यो तलाउका छेउमा बसौँ अनि जाउँला मनेले भनेर दुवैजना त्यहीँ तलाउका छेउमा मक्ख परेर बसिरहेका थिए । त्यो त सबै जंगली जनावरहरूले पानी खाने ठाउँ पो रहेछ । अनि त त्यतिबेलै हात्ती, गैँडा, बाघ, भालु, चितुवा, सबै एक्कासि त्यहाँ पानी खान आए । जम्काभेट भयो ओहो लौन नि अब के गर्ने होसहवासै हरायो । धने त जोरले च्याँठ्ठिएर करायो । मनेको पालो ए चुप ! चुप ! नकरा बरु छिटो यता आइज भनेर हत्त न पत्त मनेले रूखमा चढने उपाय निकाल्यो र दुवैजना रूखमा चढेर चूपचाप लागेर बसेका थिए । एकछिनपछि सबै जनावरहरू पानी खाएर फर्किए अनि उनको पालो बिस्तारै रूखबाट ओर्लिएर ओहो धन्न मनेले रूखमा चढ्ने उपाय निकाल्यो र पो बाँचियो नत्र त त्यहीँ मरिने रहेछ । धन्न बाँचियो भनेर दुवैजना छाती ढुकढुक गर्दै घर फर्किए । 

प्रकाशित: १७ मंसिर २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App