कला

सुशान्तको मृत्यु प्रकरणबारे युट्युबमा ‘फेक न्युज’ हालेर १५ लाख कमाएको आरोप, सञ्चालक पक्राउ

अभिनेता सुशान्त सिंह राजपुत

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युबारे ‘फेक न्युज’ (झुटा खबर) फैलाएको आरोपमा भारतको मुम्बई प्रहरीले बिहारबाट एक युट्युबरलाई पक्राउ गरेको छ।  

सुशान्त मृत्यु प्रकरणबारे ‘गलत’ खबर प्रसारण गरेर बितेका चार महिनामा ती व्यक्तिले १५ लाख कमाएको आरोप लगाइएको छ। उनीविरुद्ध शिवसेनाको लिगल सेलसँग सम्बन्धित वकिल धर्मेन्द्र मिश्राले मुद्दा हालेका थिए।  

आरोपित व्यक्ति २५ वर्षीय रशिद सिद्दिकी हुन्। बिहारका एक सिभिल इन्जिनियर उनले युट्युबमा एफएफ न्युज च्यानल सञ्चालन गर्छन्।  

वकिल मिश्राले सिद्दिकीविरुद्ध मानहानि, सार्वजनिक बदनाम तथा जानीजानी अपमान गरेको अभियोग लगाएका छन्।  

तर अदालतले सिद्दिकीलाई धरौटी बुझाएर अनुसन्धान सहयोग पुर्याउन भनिसकेको छ।  

मुम्बई प्रहरी, महाराष्ट्र सरकार, मन्त्री आदित्य ठाकरे र अभिनेता अक्षयकुमारविरुद्ध सिद्दिकीले लेखेका खबर युट्युबमा लाखौंले हरेका थिए।  

सिद्दिकीविरुद्ध अभिनेता अक्षयकुमारले ५ सय करोड जरिवाना बराबरको मानिहानि मुद्दा हालेका छन्। सिद्दिकीले एक भिडियोमार्फत अक्षयले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडामा लुकाएर राखेको आरोप लगाएका थिए।  

प्रकाशित: ४ मंसिर २०७७ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App