कला

सन्तानप्रतिको भूमिका

 दिलबहादुर थापा   

 

बुवाआमाको सन्तानप्रतिको भूमिका लेख्तै गर्दा जीवनका चार अवस्था मध्य प्रथम अवस्था बाल्यावस्था  नै हो । त्यसपछि युवावस्था आउँछ । प्रायः यही समय नै हो सन्तान हुने । यो अवस्थामा प्रायः दायित्वबोध नै हुँदैन कि कसरी जिम्मेवारी समाल्ने। भुल्नै नहुने कुरा  बुबाआमाको बाल्यकाल कसरी बित्यो ? उसले के जान्यो, के देख्यो , के बुभ्यो र कतै आफ्नो जीवन त भूलभुलैयामा बितेको छैन । उसको आफ्ना बुबाआमा के कसरी थिएँ । एउटा बालक बाटो सप्रिन त्रिकोणत्मक शक्ति बुवाआमा बालबालिका र गुरु नै मुख्य हुन्छन् । त्यसमा पनि बुवाआमा त्यो बालकका लागि प्रथम गुरु हुन्छन् । मानिस आफै प्रतिफल हो  भने छोराछोरी प्रतिबिम्व  प्रभाव त परेकै हुन्छ मामलतिर वा घरतिर ।

सन्तान सबै कोटीका हुन्छन् । राम्रो पार्छु, असल बनाउँछु सबैको चाहना हुन्छ । तर कसरी बुझ्नुपर्ने कुरा ती बुबाआमा नै कसरी छन् । स्वध्यायको कसीमा मापिनु नै पर्छ । यदि  आफू बर्बाद छ भने सन्तान कसरी सुधार्छ । जन्मेपछि सबैसँग भाव हुन्छ । उसलाई कसरी प्रभाव पर्छ अनि स्वभाव बन्छ । स्वभावबाट नै उसको विचार बन्छ । त्यसैले असल स्वभाव कसरी बनाउने रु हाम्रा शास्त्रहरूले भन्छन्, ‘ लालयत पञ्चवर्षाणी ,दशवर्षाणी, ताडयत,प्राप्तेतुसोडषे वर्षे ,पुत्रम मित्रम समाचरते ।’  मूल सूत्र यही हो । तर ऐले केही कुराहरू बालअधिकार  यो सबलाई ओझेल पार्दे लगेको छ । तर पनि परिमार्जन गर्दे चुरो कुरो भुल्न हुँदैन । सूत्र भनेको सूत्रै हुन्छ ।

हो नि त त्यो एउटा बाललकले के बुझेको हुन्छ । त्यो पनि अहिलेको आधुनिकताले लखटतै गरेको बेला । थोरै छोराछोरी प्राय भोक लागेको त थाहा पाउँदैन । अहिलेका  बुबाआमाहरू पनि त त्यसरी नै सुख, राम्रो, मीठो सजिलोमा लपेटिएका हुन्छन् । सबै कुरामा सुविधा छ ,जकंफुड र ईन्टरनेटको समय , को कसरी छ फुर्सदै कहाँ छ र । त्यसैले त सबै यस्तै रंगीन कुराहरूमा रमेका देखिन्छन ।

अहिले धेरैलाई खोई किन हो , अहमताले पनि डोल्याइरहेको हुन्छ । मेरो छोरो यस्तो छ , छोरी यस्ती छे। उनले भनेको भएन , गरिदिएन भने त भातै खाँदै जाँदैन , स्कूलै जादैन, हामी दुवैलाई कुरो कुटीपिटी थुकी गर्छन । अजिर छन । यो सब भनिदिन गरिदिनु सबैभन्दा खराब बाटो हो । त्यो बेलादेखि नै बुबाआमा चिनेन , टेरेन भने भोलि के गर्ला ? एउटा बालक साँच्चै सरल र निर्दोष नै हुन्छ । जब बुबाआमा नै आधा गाग्रो छचल्कन्छन् छन् भने कसरी हुन्छ । भनिएको सूत्र प्रयोग गर्दा बुबाआमा कुमाले नै बन्ने हो तर कमलकोठी हैन । त्यसैले बुवाआमा र छोराछोरीको स्वभाव भैसी र जोगीकै जस्तो हुनपर्छ । एक आपसमा सजग हुने । बदमासी गरेर कोही पनि घरभित्र छिर्न नसकोस् । बालक पनि त असाध्य चलाख हुन्छ । ऊ कसरी अभिभावकलाई हेप्ने दाउ खोजिरहेको हुन्छ । तर अभिभावक कहिल्यै  तिनीहरूको नजरमा कमजोर आकिंनु हुँदैन । यदि उसले यसरी आक्यो भने बर्बादी शुरू हुन्छ । अभिभावकले पनि चलाखीपूर्ण व्यवहार गर्नुपर्छ । बालकको सानोतिनो कुरा बुबाआमाले थाहा पाउँछन् कि भन्ने आभास दिनुपर्छ  तर सधै लखेटिरहनु हुँदैन । बरु थाहा पाउन छन् कि ।  यसरी सजग बनिरहोस । खिच्चो थेत्रो पनि पार्नु हुँदैन।

कति बुवाआमाको स्वभाव हुन्छ बालकका सबै कुरा सह्यी दिन, खपिदिने अनि सानै छ भनी दिने , जे गरे पनि ठीक छ भनिदिने । बानी बिग्रने भनेकै सानैमा हो बढी हौसाउन हुँदैन ।बरु पनि बुवाआमाले आफनो छोराछोरीहरूको पहिचान दिनुपर्छ । बुवाआमाको मूल धारणा त पढोस्, राम्रो जागिर खाओस , उद्योगीव्यापारी तथा सक्षम बनोस् भन्ने नै हुन्छ । तर कहिलेकाहीँ बालकको मूल क्षमता, खेलकुद, गीत संगीत, नृत्य वकृतत्व कलामा पनि हुन्छ ।

समयमा चिनेर सही कुरामा प्रोत्साहन गरेर क्षमता बनाउनुपर्छ नत्र ढिलो हुन्छ । सबैभन्दा मुख्य कुरा बुवाआमा कसरी छन् ? आफू टिभी हेरिदिने छोराछोरीलाई पढपढ मात्र भनिदिने । आफू सधैं मादक पदार्थ सेवन गर्ने अनि बाहिर जुवातासमा अलरिने छोराछोरीलाई पढिनस् भनेर दपेटने। घरमा आमाबुबा आआफनो वर्चस्वमा झगडा गरी रहने अनि छोराछोरीलाई पढिनस् भनेर पिट्ने यो पनि बर्बादीको बाटो हो । त्यसो कहिल्यै गर्नु हुँदैन ।

सकभर घरमा बुवाकै वर्चस्व हुनु राम्रो हो । बुवाआमा नै छोराछारीको पढने समयमा कुनै तरीकाले काम व्यस्त रहेको उनीहरूले पनि देखून् । अथवा छोराछोरीसँगै  बसेर पढिदिनु । यो औधी राम्रो स्वभाव हो । छोराछोरीले पनि घरको सानातिना काम क्रमश सिक्दै लैजानुपर्दछ । पढने र खेल्ने समयको तालिका हुनै पर्दछ । यसो भए राम्रो असल प्रभाव पर्छ स्वभाव पनि बन्छ । त्यो दरसन्तानसम्मलाई हुन्छ । 

प्रकाशित: २५ भाद्र २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App