कला

गोपालजंग थापाको 'भत्ता पचाउन', भ्रष्टाचार र बेथितिविरुद्ध चोटिलो प्रहार

सञ्चारकर्मीसमेत रहेका लोक दोहोरी गायक गोपालजंग थापाको ‘भत्ता पचाउन’ बोलको गीत सार्वजनिक भएको छ। स्वयं थापा र  चित्रकला बुढा थापाको शब्द/संगीत रहेको गीतमा थापा र गायिका तृप्ती खड्काले स्वर दिएका छन्।  

गीतले देशमा मौलाइरहेको भ्रष्टाचार र बेथितिका विरुद्धमा चोटिलो प्रहार गरेको छ। गरिबीको पीडामा बाँच्न बाध्य कयौँ नेपालीको चुलोमा आगो बल्न धौधौ भएको तितो यथार्थलाई गीतमार्फत उजागर गरिएको छ। गीतमा सीमा मिचिएको विषयमा समेत प्रहार गरिएको छ।  

चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालले अभिनय रहेको गीतको म्युजिक भिडियोको स्वयं थापा र चित्रकला बुढाको निर्देशन रहेको छ।  थापाले यसअघि नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गीतहरु बजारमा ल्याइसकेका छन्।

प्रकाशित: १६ श्रावण २०७७ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App