कला

रूख र पात

कविता

विनयकुमार शर्मा नेपाल

अटल थियो
अडिग थियो
मार्ग टेडो थियो
आफै सिधा भयो
फेर्न सकेन उद्देश्य हुरीले
फेर्न सकेन लक्ष्य पानीले
आगो त सूर्य थियो
हार खायो र गयो ।

बदलिएन स्वभाव
बदलिएन विचार
बदलिएन कर्म
कसैगरी बदलिएन त्यो
फगत एक संवाद चल्यो
अनायसै विवाद उठ्यो
लिङ्ग, धर्म र वाद आयो
तप्का तप्का मत बाझ्यो

झिनो बुद्धि थियो
विचार जीर्ण थियो
अवसर काफी पायो
तर ऐँजेरु बन्यो
फगत एक पत्ता थियो
आफै झरेर गयो
एक झट्कामै
कालचक्र बन्यो

आफूलाई महान् ठान्यो
मूल नै खराब देख्यो
हरियो पत्ता थियो
सुकेर पतिङ्गर बन्यो
मच्चिनु मच्चियो
थच्चिनु थच्चियो
नियति झर्नु थियो
आफै झरेर गयो ।

प्रकाशित: १४ श्रावण २०७७ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App