कला

जिल्लाराम

लघुकथा

दीपक लोहनी

‘साहित्यमा राम्रो लेखेर मात्र हुँदैन ।’ उस्ले प्रष्ट भन्यो ।

म एकछिन जिल्ल परें ।

जिल्ल पर्नु स्वभाविकै  पनि हो । किनकि उ मेरो साहित्यिक गुरु थियो । त्यसो त उसको यो भनाइ आफैमा अनौठो पनि थियो ।

जिल्ल परेरे मैले सोधे, ‘शैली हुनु पर्छ ।’

उसले हैन भन्ने आसयमा आफ्नै घनटाउको हल्लायो ।

मैले फेरि सोधें, ‘कला हुनु पर्छ ।’

उसले हैन  भन्ने आसयमा मुङग्रे हात हल्लायो ।

मैले फेरि सोधे, ‘ कुमारी विषय ।’

उसले हैन आसयमै भद्दा शारीरिक संकेत दियो ।

अब भने मलाई अन्तिम जंग चलेको थियो । मैले उसको आँखामा आँखा राखें  र सोधें, ‘ उसो  भए के त ?’

मेरो प्रश्नमा मेरै दुई आँखीभौंहरू जुरुकजुरुक उचालिएका थिए ।

उसले शारदीय नदीझै शान्त भएर भन्यो, ‘ आधुनिक घर र राम्री श्रीमती पनि चाहिन्छ ।’

म फेरि जिल्ल परें ।

प्रकाशित: २ श्रावण २०७७ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App