कला

कोपरा

लघुकथा

दीपक लोहनी

दीपक लोहनी   

ऊ कञ्जुस बाँडाको श्रीमती । बाँडा ज्यासल आउने सबै ग्राहकहरूलाई ‘तपाईंलाई यो गहना सुहाउँछ’ भनिरहन्छ । तर आफ्नै श्रीमतीलाई उसले कहिल्यै गहनाको बारेमा बोलेन । श्रीमतीले एउटा सिक्री लगाउने इच्छा राखेको थुप्रै वर्ष बितिसकेको छ । तर लोग्ने भनाउदो कन्जुस बाँडा भन्छ -  ‘सुनको भाउ त घटोस् बनाइदि ’ हाल्छु नि । भाउ बढेको बेला व्यापार गरी पैसा कमाउनुपर्छ, मैयाँ ।’

पछिल्लो समय कोरोनाको संक्रमण चुलिएको समाजमा सुनको भाउ पनि दोब्बर भएको छ । तसर्थ ऊ लोग्नेसंग दमदार रिसाइरहेकी छे । लोग्नेको मुख देख्यो कि रिसको पारो बढिहाल्छ । दाह्रा किट्नु र आँखीभौ उचाल्नु ऊ रिसाएको एक संकेत हो ।

लोग्नेले सोध्यो  -   ‘मैयाँ, किन रिसाएकी ?’

‘अझै पनि हालिदिएनौ हैन मलाई सिक्री ?’ उस्ले आँखीभौ उचाल्दै लोग्नेसंग बोली ।

‘पख न, भाउ ओरालो  लागोस् ।’ बाँडाले शान्त भावमा बोल्यो ।

‘एउटा सिङ्गै कोपरा जर्ती भन्दै बेचिसक्यौ यही महामारीमा । अझै मलाई बेवास्ता गर्छौ, हैन ?  चाहिँदैन मलाई तिम्रो सिक्री ।’ ऊ रिसले चूर हुँदै ट्वाइलेट छिरी ।

प्रकाशित: २७ असार २०७७ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App