कला

कान्सद्वारा महोत्सव रद्द हुने हल्ला अस्वीकार

पेरिस – संसारभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण फ्रान्सेली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको यस वर्ष महोत्सव रद्द हुने रिपोर्ट सत्य नभएको दाबी कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आयोजकले गरेको छ। महोत्सवका बोर्ड सदस्यलाई उद्धृत गर्दै फ्रान्सेली सञ्चारमाध्यमले ‘कान्स आयोजना गर्न असम्भव भएकामा’ ग्राहो हुनेले कोरोना भाइरस संक्रमणको अवस्थामा महोत्सव अगाडि बढ्ने उल्लेख गरेको छ।

फ्रान्सले यस सातादेखि सार्वजनिक भेलामा सय जनाभन्दा कम व्यक्तिहरू सहभागी हुन सक्ने र सोमबारदेखि स्कुल र विश्वविद्यालयलगायत बन्द गर्ने निर्णय गरेको थियो। जर्मनी, इटाली र स्पेनलगायतका युरोपेली देशहरूले महाद्वीपमा संक्रमण र मृत्युको दरमा वृद्धि हुँदा आ–आफ्नो सिमाना बन्द गर्न सुरु गरेका छन्। अमेरिकाले युरोपेली पर्यटकहरूको लागि सिमाना बन्द गरेको छ।

आगामी अप्रिलको मध्यसम्म कान्सले आधिकारिक रूपमा कुनै निर्णय नलिने र नयाँ उपायहरुलाई प्रभावकारी बनाउन समय आवश्यक परेको बताइएको थियो। कान्सले आगामी अप्रिलमा १६ मा आधिकारिक तालिका घोषणा गर्नेछ। यस वर्षको महोत्सव आगामी मे १२ देखि २३ सम्म चल्नेछ।

तर फ्रान्सेली सञ्चारमाध्यले नाम उल्लेख नगर्ने सर्तमा कान्स महोत्सव बोर्ड सदस्यलाई उद्धृत गर्दै नयाँ प्रतिबन्धहरू यस वर्षको महोत्सवलाई अस्वाभाविक बनाउनेछ। ‘चीन, कोरिया, इरान र इटालीबाट आउने फिल्मसहित कलाकार र निर्देशकहरू महोत्सवमा सहभागी हुन पाउने छैनन्,’ बोर्ड सदस्यले भने।

प्रकाशित: ३ चैत्र २०७६ ०१:४० सोमबार

अन्तर्राष्ट्रिय_फिल्म_महोत्सव कान्स