कला

वरिष्ठ साहित्यकार प्रा.डा. डिपि भन्डारीको निधन

काठमाडौं- वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ। ८५ वर्षको उमेरमा भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

निमोनिया, श्वास्प्रश्वास सम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको शनिबार बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। पारिवारिक स्रोतका अनुसार भण्डारीको आजै आर्यघाटमा दाहसंस्कार गरिने छ।

प्रकाशित: १ चैत्र २०७६ ०८:४६ शनिबार

वरिष्ठ_साहित्यकार निधन