कला

थिएटर मलमा ‘करेसा कन्सर्ट’ मन

काठमाडौं  – बालनाटक ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन सुरु भएको छ। कीर्तिपुरको राराहिल मेमोरियल स्कुलस्थित थिएटर मल आइतबारदेखि ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन सुरु भएको हो।

रंगकर्मी केदार श्रेष्ठले निर्देशन गरेको ‘करेसा कन्सर्ट’ नाटक यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा प्रिमियर भएको थियो। यो नाटक तीन देखि १३ वर्षका बालबालिकाहरूलाई लक्षित गरेर तयार गरिएको जानकारी निर्देशक केदार श्रेष्ठले गराए।

नाटकमा नसना महर्जन, सविना सेन, ओसिन राई, लकस महर्जन , सुधा खनाल, आशियाना रायमाझी, कविना रोक्का, विजया पाण्डे, सुजाता भट्ट र मञ्जु महर्जनले अभिनय गरेका छन्। ‘हरेक बच्चाको आ–आफ्नो छुट्टै गहिरो चाहना र प्रतिभा हुन्छ। नाटकको माध्यमबाट राराहिल मेमोरियल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई समावेश गरेर नाटक तयार भएको छ। समाजको समसामयिक विषयमा आधारित रहेर मानिस स्वस्थ र तन्दुरुस्त रहन विविध तरकारीहरूको उत्तिकै महŒव दर्साउँदै तरकारी पात्रहरूमार्फत हाम्रो समाजको कथा नाटकले सम्बोधन गरेको छ,’ राराहिल मेमोरियल स्कुलका प्रिन्सिपल जगतबहादुर महर्जनले भने।

करेसाबारीमा पाइने विभिन्न तरकारीहरू फर्सी, साग, लसुन, गोलभेँडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी र अदुवाजस्ता पात्रहरूको झगडादेखि मेलमिलापका विषय यसमा समावेश गरिएका छन्। ‘यस नाटकले करेसाबारीका तरकारीहरुको महत्व र विशेषताहरूको चर्चा गरेको छ। ती पात्रहरूमार्फत नेपाली समाजमा व्याप्त घृणा र हेपाई प्रवृत्तिको चित्रण गरेको छ। यो बालनाटकसँगै सामाजिक यथार्थवादी नाटक पनि हो। यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ,’ निर्देशक श्रेष्ठले भने, ‘नाटकमा बालबालिकालाई सहभागी गराउँदै उनीहरूलाई केन्द्रित गरिएको हो।’ उनका अनुसार यो कथा १० वर्ष अघि रूम टु रिडले ‘करेसाबारीका जडीबुटीहरू’ पुस्तक प्रकाशन भएको थियो।

प्रकाशित: २७ माघ २०७६ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App