कला

संग्रहालयमा प्राचिन युगको झल्को

जनकपुर - जनकपुरको जानकी मन्दिर परिसरमा रहेको सांस्कृतिक संग्रहालयले मिथिला संस्कृतिको बयान गरेको छ। संग्रहालयमा रहेका विभिन्न मिथिला कलाले यस क्षेत्रको संस्कृतिलाई महत्व दिएको पाइन्छ।

संग्रहालयको भित्तामा जनकपुरका राजा जनकको दरबारदेखि भगवान राम, लक्ष्मण, सिता, रावणदेखि हनुमानसम्मका चित्रहरू कोरिएका छन्। संग्रहालयका संस्थापक गुड्डु साहका अनुसार भारत र नेपालमा रहेका हिन्दुका धर्मावली संग्रहालय अवलोकन गर्न आउने बताउँछन्।

‘संग्रहालयमा सिताको जीवनमा आधारित रहेको छ। त्यसबाहेक यहाँ देखिने मिथिला चित्रले नेपाल र भारतको सांस्कृतिक परम्पराको स्मरण गराउँछ,’ उनले भने, ‘हिन्दुहरूको तीर्थस्थलको रूपमा लिइने जनकपुरले मिथिला संस्कृतिको जर्गेना गरिरहेको छ।’दैनिक एक हजारभन्दा बढीले संग्रहालय अवलोकन गर्ने दाबी उनले गरे।

विसं. २०६८ सालबाट सञ्चालनमा आएको संग्रहालय प्राचिन युगको बयान गरेको छ। संग्रहालय घुम्न भारतबाट आएका मोहम्मद साहका अनुसार किंवदन्तीमा सुनेझैं प्राचिन युगको झल्को पाएको बताए। ‘विभिन्न किंवदन्तीमा सुनेझैं यस संग्रहालयले प्राचिन युगको झल्को दिएको छ। त्यसलै यसको विशेष महŒव रहेको छ,’ उनले भने।

संग्रहालयको हरेक कुनामा मन्दिर र देवीदेवतालाई सजाइएको छ। मुगल शैलीको मन्दिरमा भगवान राम र सिताको बिहेको सम्झनामा संग्रहालय स्थापना गरिएको थियो। छठ, रामनवमी र विवाह पञ्चमीको अवसरमा संग्रहालय विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ।

स्थानी रमेश साहले विभिन्न भगवानका मूर्ति सजाइएको र हनुमानले पहाड उचालेका आकृतिले अवलोकन गर्न आउनेलाई आकर्षित गरेको दाबी गरे।

प्रकाशित: १७ माघ २०७६ ०१:४९ शुक्रबार

संग्रहालय प्राचिन_युग