कला

यो चैँ नेपाली खास छ

यो चैं नेपाली खास छ
एम ए पास छ
कुरैकुराको रास छ
फुर्सद बारै मास छ
शिप जुवा र तास छ
ठस्स गनाउने सास छ
अपुग गाँस छ
तै पनि हाँस्छ
जिउँदो लास छ
सोचाइले दास छ
स्वदेशको बास छ
विदेशको आश छ
देश डुब्ने यसैलाई त्रास छ
यो चैँ नेपाली खास छ।

प्रकाशित: १४ माघ २०७६ ०५:०६ मंगलबार

नेपाली कविता