कला

म्याडोनाविरुद्ध मुद्दा

न्युयोर्क – अमेरिकी गायिका म्याडोना विरुद्ध फ्यानले मुद्दा हालेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेको थियो।

सो कानुनी कागजातमा गायिका म्याडोना र इभेन्ट प्रवद्र्धक लाइभ नेसनविरुद्ध नट हल्यान्डरले फ्रोरिडामा हुने भनिएको ‘म्याडम एक्स’ कन्सर्टको टिकट हराएपछि मुद्दा दर्ता गराएका थिए। ‘म्याडम एक्स’ टूरमा गायिका म्याडोना समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरु भएको आलोचना भइरहेको छ। नटले गत अगस्टमा गायिका म्याडोनाको आगामी डिसेम्बरमा फ्रोरिडामा हुन ‘म्याडम एक्स’ को तीन वटा टिकट किनेका थिए।

गायिका म्याडोनाको १४ औं स्टुडियो एल्बम ‘म्याडम एक्स’ ले बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको थियो। सन् २०१७ देखि लगातार पोर्चुगलको लिस्बनमा बस्न थालेकी उनले सो एल्बममा त्यहाँको अनुभूति समेटेकी थिइन्। पोर्चुगलको प्रभाव उनको ‘म्याडोना एक्स’ को संगीतमा परेको थियो। छोरा डेभिडसहित पोर्चुगल पुगेकी उनीले हालसम्म संगीतमा नम्बर १ स्थान कब्जा गर्न सफल भएकी छिन्। म्याडोनाको कल्पनामा ‘म्याडम एक्स’ सेक्रेट एजेन्ट हुन् । म्याडम एक्सले परिचय लुकाएर विश्व भ्रमण गरेर स्वतन्त्रताका लागि लडिरहेकी छिन्। एल्बम अमेरिकी स्वाद खासै नभएपनि अमेरिकीले उत्तिकै मन पराएका थिए।

यसअघि उनका ‘एमडीएनए’, ‘हार्ड क्यान्डी’, ‘कन्फेसन अन ड डान्स फ्लोर’, ‘अमेरिका लाइफ’, ‘म्युजिक’, ‘लाइक अ प्रेयर’, ‘ट्र्यु ब्लु र लाइक अ भर्जिन’ र ‘लाइक अ भर्जिन’ एल्बम बिलबोर्ड चार्ट्समा नम्बर १ स्थानमा परेका थिए।

प्रकाशित: २५ कार्तिक २०७६ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App