काठमाडौं – तिहारलाई सभ्य, मार्यदित र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ। मंगलबार गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय सांस्कृतिक महत्व बोकेको तिहार पर्वमा खेलिने देउसी र भैलो कार्यक्रममा भड्किला गीत नगाउँन आग्रह गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार तिहार पर्वको नाममा समाजमा असर पर्ने खालका गीत र संगीत गाउन र उत्पादन गर्नेलाई कारवाही गरिनेछ। ‘नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा असर पर्ने खालका गीत र संगीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौं,’ उनले भने, ‘यस्ता गतिविधि गरेमा प्रचलित कानुन अनुसार कारवाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइनेछ।’
प्रकाशित: ६ कार्तिक २०७६ ०४:४१ बुधबार