कला

'नेपाली चलचित्रको विकासमा लागि प्रतिबद्ध छौं'

काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताएका छन्। राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बिहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्सको उद्घाटन गर्दे उनले बोर्डको प्राथमिकता र कार्यक्रमहरु सधै नेपाली चलचित्रको वृद्धि विकासमा केन्द्रीत हुदै आएको बताएका हुन्।

भविश्यमा नेपाली चलचित्रको विकास र सम्मृद्धिका लागि श्रृजनशिलताको साथै प्रविधिको सही सदुपयोग अत्यावश्यक रहेको भन्दै उनले चलचित्र सम्बन्धी विधेयकमा आवश्यक सुझाव दिन सम्बन्धीत सबैलाई आग्रह गरे। विधेयक बोर्डको वा सरकारको मात्रै नभएको भन्दै उहाँले समग्र चलचित्र क्षेत्रको वृद्धि विकास र यस क्षेत्रका कलाकार, लगानीकर्ता सबैको हित अनुकुल बनाउदै समग्र नेपाली चलचित्रलाई सम्मृद्धीको बाटोमा डोर्याउने कानुनी दस्तावेज भएकाले सबैको रायसुझावले महत्व राख्ने बताए।

उनले भारतीय फिल्म अवार्ड आईफा अवार्ड एक निजी टेलिभिजनको आफ्नो कार्यक्रम भएकाले त्यसमा नेपाल सरकारको लगानी हुनु नहुने तर्क गरे। हरेक वर्ष भारत बाहिर अवार्ड गर्दै आएको आईफाका आयोजकले यसबर्ष भने भारत मा नै अवार्ड गर्न लागेको पनि उनले जानकारी दिए।

बिहिबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र कन्फ्रेन्समा नेपाली चलचित्र क्षेत्रको सुधार, नीतिगत व्यवस्था लगायत विषयमा व्यापक छलफल हुने बताईएको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०९:०३ बिहीबार

चलचित्र_विकास_बोर्ड केशव_भट्टराई नेपाली_चलचित्र