कला

घाइते भइन् श्रद्धा

मुम्बई – बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन्। ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा उनको गोलीगाँठोमा चोट लागेको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गोलीगाँठोको चोट कम गर्न फिलियोथेरापी गरिरहेको भिडियो राखेकी छिन्।

फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री कपुर मुख्य भूमिकामा छन्। आगामी नोभेम्बर ८ मा रिलिज हुने भनिएको यस फिल्मलाई रेमो डी सेउजाले निर्देशन गरिरहेका छन्। अभिनेत्री कपुर यसअघि ‘हाफ गर्लफ्रेन्ड’ फिल्मको सुटिङको क्रममा लडेर घाइते भएकी थिइन्।

लडेका कारण खुट्टाको लिगामेन्ट च्यातिएको जानकारी इन्स्टाग्राममा फोटो राख्दै दिएकी थिइन्। ‘लिगामेन्टमा दक्खल परेछ, तर पनि बास्केटबल कोर्टमा साह्रै रमाइलो भयो,’ बास्केटबल खेल्दै गरेको दृश्य खिच्ने क्रममा आफू घाइते भएको उनले उल्लेख गरेकी थिइन्।

प्रकाशित: ८ श्रावण २०७६ ०५:४१ बुधबार

बलिउड श्रद्धा_कपुर घाइते