कला

बाढी पीडितलाईलाई अक्षयकुमारको सहयोग

मुम्बई  – बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेको जानकारी गराएका थिए।

सो दुई करोड मध्ये उनले १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई सहयोग गरेका हुन्। ‘यो खबर सुनेर दुःख लागेको छ। यो समयमा बाढी पीडितहरूलाई  सहयोग गर्न आवश्यक छ। म सीएम रिलिफ फन्ड र काजीरंगा पार्कलाई १–१ करोड सहयोग गर्न चाहन्छु,’ उनले ट्वीट गरेका छन्।

बिजनेस म्याग्जिन ‘फोर्ब्स’ ले सूचीमा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा परेका सलमान खान, अमिताभ बच्चन र शाहरुख खानलाई पछि पारेका थिए। उनीद्वारा अभिनित ‘मिशन मंगल’ फिल्म आगामी अगस्ट १५ मा रिलिज हुँदैछ।

 

प्रकाशित: ३ श्रावण २०७६ ०३:५९ शुक्रबार

बलिउड अक्षय_कुमार अभिनेता बाढी_पीडित