कला

विष्णुको ‘बर्खा’मा अप्सना निथ्रुक्कै

काठमाडौं- लोक गायक तथा सर्जक विष्णु खत्रीको नयाँ गीत ‘बर्खा’ बजारमा आएको छ। खत्रीकै युटुब च्यानलबाट चार दिनअघि सार्वजनिक भएको गीत २ लाख १३ हजार भन्दा बढीले हेरिसकेका छन्।

शिवन पोखरेलको निर्देशन र करण चैसिरको छायांकनमा बनेको उक्त गीत खत्रीले आफ्नै गाउँको दृश्य देखाएका छन्। उनी आफै मोडल बनेका सो गीतमा खत्रीलाई अप्सना थापाले साथ दिएकी छिन्। खत्रीकै लय, शब्द र स्वर रहेको उक्त गीतमा जुना श्रीषले पनि स्वर दिएकी छिन्।  

किसानी दाईको हलो र जुवा, कि सास चाहियो, कि लास चाहियो, जम्मु कास्मिर, पञ्चेवाजालगायत एक हजारभन्दा बढी गीत खत्रीले गाइसकेका छन्। उनले जातिय छुवाछुतबिरुद्धका गीत पनि यसअघि गाइसकेका छन्।

परम्परागत गीतहरु पछिल्लो समय हराइरहेको बेला खत्रीको ‘बर्खा’ सार्वजनिक भएको हो। अहिले उनको गीत युटुबमा ट्रेनिङ नम्बर ४६ मा रहेको छ। लोकगीत क्षेत्रमा उनको यो गीत निकै रुचाइएको पाइन्छ।

प्रकाशित: १५ असार २०७६ १४:०७ आइतबार

लोक_गायक विष्णु_खत्री बर्खा