कला

‘आजको साम’मा सनी

काठमाडौं – पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली गीत ‘आजको साम’ सार्वजनिक भएको छ। नेपाली फिल्म ‘पासवर्ड’मा समेटिएको यो गीतको आइटम गीतमा सनीसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ र विक्रम जोशी(बिक्की) फिचर्ड छन्।

गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा विक्रमको शब्द छ। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरियो। झन्डै दुई सय बढी कोरससँग नृत्य गरेकी सनीलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन्। बलिउडका कोरियोग्राफर देभाले सलमान खान र शाहरुख खानलाई पनि नचाइसकेका छन्।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा द्वन्द्व निर्देशक सम्राट बस्नेतको ‘डेब्यू’ निर्देशन छ। हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन्। लिशा सुनार, प्रविण खतिवडा र रवीन्द्र झाको समेत अभिनय रहेको फिल्ममा सौरभ लामाको छायांकन छ।

प्रकाशित: ३ असार २०७६ ०२:३० मंगलबार

बलिउड सनी_लियोनी