कला

‘हु किल्ड ओशो’माथि अन्तरसंवाद

काठमाडौं– ओशो तपोवनमा भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका रेसिडेन्ट सम्पादक अभय वैद्यको सन् २०१७ मा प्रकाशित खोजमूलक पुस्तक ‘हु किल्ड ओशो’ को सम्बन्धमा एक अन्तरसम्वाद गरियो। ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुण, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, भारतीय जनता पार्टीका नेता अजीतकुमार सिंहले अन्तरसंवाद गरेका थिए।

कार्यक्रम अभय वैद्यले सन् १९९० जनवरी १९ को दिनमा भएको ओशोको मृत्युसँग सम्बन्धित करिब तिस वर्षको आफ्नो खोजबाट निस्केका विविध रहस्यमाथि प्रकाश पारेका थिए। उनले ओशोको मृत्यु अस्वाभाविक र षडयन्त्रमूलक भएको बताए। ओशोको मृत्यु हुनुभन्दा करीव दुई वर्ष अगाडि देखिनै ओशोलाई आफ्नो परिवार र आमासम्मलाई पनि भेट्न नदिई आजको दिनमा पुना आश्रममाथि एकछत्र कब्जा जमाएका तिन विदेशीहरूले ओशोलाई घेरामा पारेको तथ्य पत्रकार वैद्यले कार्यक्रममा खोल्दा उपस्थित सबैजना अचम्मित भएका थिए।

त्यस्तै, ओशोको मृत्युको दिन पनि नाक कान घाटीका डाक्टर गोकुल गोकानीलाई षडयन्त्रमूलक रूपले डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न लगाएको स्वयं डाक्टर गोकानीले दिएको अन्तवार्तासमेत रहस्यमय भएको बताए। तिनै विदेशीहरूले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाई ओशो आश्रमको सम्पत्ति हडप्न षडयन्त्र गरेको तथ्यसमेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गरेका थिए।

ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले आफूले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभई हत्या नै भएको भन्दै आईरहेको र अभय वैद्यको पुस्तकले आफूले उठाउँदै आएको आवाजलाई बल प्रदान गरेको बताए। अभय बैद्यको यस पुस्तकले ओशोको मुभमेन्टलाई ठूलो गुन लगाएको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार अभय वैद्यबाट ओशोको मृत्युको बारेमा प्रस्तुत गरेका तथ्यहरू सुनेपछि ओशोको मृत्यु षडयन्त्रमूलक  भएको बारेमा आफू स्पष्ट भएको बताए।

अभयले टाइम्स अफ इण्डियासँगै डिएनए पत्रिकाकोसमेत सम्पादक रूपमा काम गरिसकेका छन्।

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App