कला

दिशा भन्छिन्ः टाइगरलाई इम्प्रेस गर्न मुश्किल छ

मुम्बई– बलिउडका युवा अभिनेता टाइगर श्राफ र दिशा पाटनीको प्रेम सम्बन्धबारे फेरि चर्चा सुरु भएको छ। टाइगरसँग आफ्नो सम्बन्धबारे दिशाको भर्खरैको बयानले उनीहरुको सम्बन्ध चर्चामा आएको हो। 

बलिउडमा क्युटेस्ट कपलको छवि बनाएका दिशा र टाइगरले अहिलेसम्म सम्बन्धलाई स्वीकार गरेका छैनन्। तर, दुबैबीच गहिरो दोस्ती छ। 
यस्तोमा एक फ्यानले ट्वीटरमा सोधेको तपाईहरु सम्बन्धलाई किन स्वीकार गर्नुहुन्न्? भन्ने प्रश्न बलिउड हंगामाले सुनाएपछि जवाफमा दिशाले टाइगरलाई इम्प्रेस गर्न निकै अप्ठेरो भएको बताइन्। आफूले वर्षाैदेखि टाइगरलाई इम्प्रेसन गर्ने प्रयास गरेको तर अहिलेसम्म सफल हुन नसकेको उनको भनाई छ। उनी आफ्नो आगामी फिल्म भारतको प्रदर्शनपछि परिस्थिती बदलिनेमा विश्वस्त छिन्। तर, अहिले भाग्यले उनको साथ दिइरहेको छैन।

उनले आफूहरु खाना खान साथमा गएपछि इम्प्रेस नभएको खुलाइन्। जसरी क्रस इन्प्रेस हुन्छ त्यो भएको छैन्, उनले भनिन्। टाइगर र आफू बढी लजाउने भएकाले पनि कुरा अगाडि बढ्न नसकेको र यसबारे टाइगरसँग कुरा गर्न उनले आग्रह गरिन्।  

दिशा अर्काे महिना प्रदर्शनमा आउने सलमान खानको फिल्म भारतमा देखिँदैछिन्। यो फिल्म इदको अवसरमा ५ जुनमा प्रदर्शन हुनेछ। आजकाल दिशा फिल्मको प्रमोशनमा व्यस्त छन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०८:१७ आइतबार

बलिउड टाइगर_श्राफ दिशा_पाटनी प्रेम_सम्बन्ध