कला

‘ठग्स अफ हिन्दूस्तान’को व्यापार खस्किँदो, आमिर र अमिताभ तनावमा

मुम्बई– बिहीवारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को व्यापार निरन्तर खस्किरहेको छ। कारोवार निरन्तर ओरालो लाग्दा फिल्मले लगानी नै असुल नगर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त गरिएका छन्। फिल्मका मुख्य कलाकार अमिताभ बच्चन र आमिर खानको स्टारडममा पनि धक्का लागेको छ। फिल्मको व्यापार खस्किँदा दुबै कलाकार तनावमा परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै, निर्माता कम्पनी यशराज फिल्म्सलाई पनि झट्का लागेको छ। 

ट्रेड एनालिस्ट तरुण आर्दशका अनुसार पहिलो दिन ५०.७५ करोड भारु कारोवार गरेको ‘ठग्स अफ हिन्दूस्तान’को व्यापार दोस्रो दिन शुक्रवार ५० प्रतिशतले खस्कियो। दोस्रो फिल्मको कलेक्सन २८.२५ करोड रह्यो। तेस्रो दिन शनिवार व्यापार बढ्नुपर्नेमा खस्केर २२.७५ करोडमा झ¥यो। चौथो दिन आइतवार १७.२५ करोडमा झरेको ‘ठग्स अफ हिन्दूस्तान’को व्यापार सोमवार ५.५० करोड र मंगलवार ४.३५ करोडमा झ¥यो। मंगलवारसम्म हिन्दी भर्सनमा १२८.८५ करोड र तमिल, तलेगु गरी भारतमा ‘ठग्स अफ हिन्दूस्तान’ले कुल १३३.७५ करोड कमाएको छ। बुधवारको आकँडा आउन बाँकी छ। 

आमिर, अमिताभका अलावा कट्रिना कैफको मुख्य भूमिका रहेको ‘ठग्स अफ हिन्दूस्तान’ को लागत २५० करोड रहेको बताइएको छ।  

प्रकाशित: २८ कार्तिक २०७५ १२:५४ बुधबार

ठग्स_अफ_हिन्दूस्तान अमिताभ_बच्चन आमिर_खान