कला

तामाङ ज्ञान महोत्सव सम्पन्न

काठमाडौं – तामाङ पहिचान दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो दुई दिने तामाङ ज्ञान महोत्सव बिहीबार सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएका छन्।

भाषा र भाषा विज्ञान,  समाज र संस्कृति, राजनीति र विकास तथा प्रदर्शनकारी कला र लोकवार्ता गरी कार्यपत्रहरुलाई चारवटा विधामा विभाजित गरिएको थियो।  प्रा. डा. दानराज रेग्मी, भाषाविद अमृत योन्जन–तामाङ, निष्णु थिङ, रमेशकुमार तामाङ, डा. ओमकारेश्वर श्रेष्ठ, अञ्जु मोक्तान, डा. वालकृष्ण बललगायत विभिन्न विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। यो कार्यक्रमकाे १२ वटा सक्रिय तामाङ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका हुन्।

यसका साथै महोत्सवमा १४ जना तामाङ प्रतिभाहरुको व्यक्तिचित्र र २४ वटा पुस्तक विमोचन गरिएको छ। महोत्सवमा तामाङ पुस्तकपुस्तिका र भेषभूषा प्रर्दशनमा राखिएको थियो। उद्घाटन समारोहलाई प्राज्ञ वैरागी काइँला, डा. मुक्तसिंह लामा, आहुति र युग पाठकले लगायतले सम्बोधन गरेका थिए।

यस महोत्सवले तामाङ ज्ञान, विज्ञानको उत्खनन्, उद्बोधन र अभिवृद्धि गर्न टेवा पु-याएको सरोकारवालाहरुले विश्वास लिएका छन्।

प्रकाशित: ८ भाद्र २०७५ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App