मुम्बई– कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।
सुनुवाईका लागि सलमान आइतबारै जोधपुर पुगेका थिए। सोमबार विहान जोधपुर सेशन कोर्टमा उपस्थित भएका सलमानले आफ्ना वकिलमार्फत व्यक्तिगत कारण देखाउँदै पेशी सार्न आग्रह गरेपछि पहिलो सुनुवाई १० मिनेटमै स्थगित भएको हो। न्यायाधीश चन्द्रकुमार सोनगराले दोस्रो सुनुवाई १७ जुलाईलाई तोकेका छन्।
कालो हरिण शिकार मामिलामा सलमानलाई दोषी ठहर गर्दै जोधपुर स्थानीय अदालतले ५ वर्षको सजाय सुनाएको थियो। उक्त सजायविरुद्ध सेशन कोर्टले जमानत दिएको थियो। ५० हजार धरौटी तिरेर उनी धरौटीमा रिहा भएका थिए।
प्रकाशित: २४ वैशाख २०७५ १०:३४ सोमबार