कला

‘अञ्जानमा गयौ कि?’ गजलसंग्रहकाे पाण्डुलिपि बहस

अक्षर समूह चितवनले किसान कुटी भरतपुर-१२, कस्तुरी मार्गमा गजलकार किसान प्रेमीको ‘अञ्जानमा गयौ कि?’ गजलसंग्रहकाे पाण्डुलिपि बहस गरेकाे छ।

पाण्डुलिपि बहस तथा किसान प्रेमीकाे एकल गजल वाचन कार्यक्रममा किसान प्रेमीले आफ्नो प्रकाशोन्मुख गजलसंग्रह ‘अञ्जानमा गयौ कि?’ का छ गजल हार्मोनियमको सुरतालमा गाएका थिए।

गजलकार किसान प्रेमीले गजल सुनाएलगत्तै कविडाँडा साहित्य समाजका अध्यक्ष एल् बी क्षेत्रीले उनका गजलबारे श्राेताको धारणा प्रस्तुत गरेका थिए।

त्यस्तै भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले पनि वाचित गजलमाथि आफ्नो अभिमत राखेका थिए।

उक्त कार्यक्रममा गजल मञ्च चितवनका उपाध्यक्ष कमल अर्यालले पनि आफ्नो प्रतिक्रिया सुनाए। त्यस्तै गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, सचिव प्रमिला सानु, सदस्य सुमन घिमिरे, अभिव्यञ्जना साहित्य प्रतिष्ठानका अध्यक्ष विद्या भण्डारी चिरागले सहमति जनाउने काम गरेका थिए।

किसान प्रेमीको निवासमा भएको उक्त कार्यक्रमको सहजीकरण गजलकार विनोद अनुजले गरेका थिए। अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सम्पूर्ण जिम्मा गजलकार किसान प्रेमीलाई दिएका थिए। त्यसपछि अनौपचारिक रूपमा गजल गायन र प्रतिक्रिया दिँदै अगाडि बढेको थियो।

प्रकाशित: ११ पुस २०८१ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App