अभिनेत्री श्रुति हसन दक्षिण भारतसँगै हिन्दी सिनेमाको पनि एक चर्चित नाम हो। उनी आफ्नो बयानका कारण प्रायस् चर्चामा रहन्छिन्। हालैको एक अन्तर्वार्तामा श्रुतिले आफ्ना बुवा अभिनेता कमल हसनबारे बोलेकी छिन्। फिल्मी परिवारमा जन्मिनु धेरै गाह्रो भएको उनको अनुभव छ।
बुवा ठूलो स्टार भएकाले धेरै पटक आफ्नो पहिचान लुकाउन प्रयास गरेको पनि उनले खुलाएकी छिन्। तर बुबाबीना आफु केही पनि नभएको बुझ्न उनले केही समय पर्खनु पर्यो।
मदन गौरीसँग कुरा गर्दै श्रुति हसनले भनिन्, ‘मानिसहरूले सधैं मेरो बुबाको बारेमा प्रश्न गर्थे। यो एकदुई पटक होइन, धेरै पटक भयो। मलाई लाग्थ्यो म श्रुति हुँ, मलाई आफ्नै परिचय चाहिएको छ।’ उनले अगाडि भनेकी छिन्, ‘मानिसहरूले मलाई हेरेर भन्थे उ कमल हसनको छोरी। मलाई कसैले सोधेको भए म भन्थें, होइन, मेरो बुवा डा रामचन्द्रन हुनुहुन्छ, जुन हाम्रो दन्त चिकित्सकको नाम थियो। मेरो नाम पूजा रामचन्द्रन हो। यो नाम मैले नै रोजेको हुँ।’
आफ्ना बुवाको व्यक्तित्वबारे चर्चा गर्दै श्रुति भन्छिन्, ‘मेरो बुवा एक अभिनेता वा चर्चित व्यक्ति भएकोले मात्र होइन, बाल्यकालदेखि नै मलाई उहाँ अरूभन्दा फरक हुनुहुन्छ भन्ने लागेको थियो।
मेरो बहिनी र म धेरै जिद्दी मानिसहरूसँग हुर्केका थियौं, र यो हाम्रो बानी भयो। जब मेरा आमाबुबा अलग भए, म मुम्बई सरे। मलाई यहाँ श्रुति भएर बस्न मन लागेन। जताततै बुवाको पोस्टर लाग्दा उहाँको नाम छुटाउन निकै गाह्रो भयो।
आज मलाई कमल हसनबीना श्रुतिको कुनै अस्तित्व छैन भन्ने लाग्छ।’ चलचित्र क्षेत्रमा श्रुतिले सन् १९९९ देखि आफ्नो यात्रा सुरु गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
प्रकाशित: १ मंसिर २०८१ १०:३५ शनिबार