कला

बाबा सिद्दिकीको हत्याको जिम्मा विश्नोई समूहले लियो, सलमान खानलाई फेरि चेतावनी

भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ।

बबा सिद्दिकीको हत्याको जिम्मा लिँदै विश्नोई समूहले फेरि बलिवुड अभिनेता सलमान खानलाई ज्यानमार्ने चेतावनी दिएको छ।

विश्नोई समूहका एकजना अनुज थापन नामक व्यक्तिले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै सलमान खानालाई ज्यान मार्ने चेतावनी दिएका हुन्। प्रहरी उक्त सन्देश बारे जाँच गर्दैछ।

यसैबीच, सलमान खानको परिवारले उनको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्।

सलमान खानको घर बाहिर सुरक्षाकर्मी थप कडा बनाइएको छ। साथै बलिवुडमा उनका साथीहरूलाई पनि केही समय सलमानलाई भेट्न नआउन आग्रह गरिएको छ।

सलमान र बाबा सिद्दिकी निकै नजिक सम्बन्ध भएका साथी हुन्। बाबा सिद्दिकीको हत्या भएपछि सलमान निकै दुःखी छन्।

प्रकाशित: २७ आश्विन २०८१ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App