कला

सभामुख महराद्वारा मदनकृष्णलाई सान्त्वना

काठमाडौं– पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन्। 

बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका हुन्।

नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुःखद क्षण हुने भन्दै सभामुख महराले विज्ञानको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताए। ‘जे हुनु भइसक्यो, अब आत्मबल बलियो बनाउनुस्, महराले भने, ‘हामी तपाईंको साथमा छौं।’

भेटमा वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिदा आफ्नो आत्मबल बढेको बताए। आफूले परम्परागत र गलत संस्कारहरु तोड्ने प्रयास गरिरहेको भन्दै श्रेष्ठले मृत्यु संस्कारमा केही परिमार्जन गर्न खोजेको पनि बताए।

प्रकाशित: २२ चैत्र २०७४ १५:४२ बिहीबार

सभामुख महराद्वारा मदनकृष्णलाई सान्त्वना