कला

कल्पना खरेलको पाँचाैं उपन्यास ‘भृकुटीतारा’ लोकार्पण

साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास ‘भृकुटीतारा’ को लाेकार्पण गरेकाे छ। वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनदास श्रेष्ठ लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि ‘भृकुटीतारा’ शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताए।

कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए।

कार्यक्रममा वरिष्ठ समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले कृतिकाे समीक्षात्मक टिप्पणी गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गरेका थिए।

कार्यक्रममा उपन्यासकार खरेलले  उपन्यास लेख्दा आफूले गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी गराएकी थिइन्।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, कृति प्रकाशन संस्था मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेल, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कवि मुरारी सिग्देलले चलाएकाे कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य र अनेसास नेपालकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले उपन्यासकार खरेलको परिचय प्रस्तुत गरेका थिए।

अनामनगरकाे डालो रेस्टुरेन्टमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं सर्जक गोपाल थपलिया, अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष सरिता अर्याल, साहित्यकारहरू विमल भौकाजी, दिव्य गिरी, शिव प्रधान, भगवती बस्नेत, डा. शान्तिमाया गिरी, रन्जना निरौला, रमेश दाहाल, रुद्र अधिकारी, इन्दिरा ढकाल, रश्मि रिमाल, उर्मिला खरेल, प्रतीक्षा खरेल,  कामना मैनाली, करिष्मा मैनाली लगायतको उपस्थिति रहेको थियो।

यसअघि कृतिकार खरेलका चार उपन्यास, कथा र गीतका कृतिहरू प्रकाशित छन्।

प्रकाशित: १८ आश्विन २०८१ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App