कला

गायक राजनराज शिवाकोटी र सदिक्षा कट्टेलले ल्याए ‘खुर्सानीलाई बियाँ’

गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ।

आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न निपुण राजनराजले ‘खुर्सानीलाई बियाँ’ मा पनि त्यही निरन्तरता कायम गरेका छन्। प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ। डान्सिङ नम्बरको गीतमा कलाकारहरू निकै खुलेका छन्।

गीतको अडियो र भिडियो दुवै सशक्त छ। भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ।

प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजङ्ग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायांकन रहेका छन्। गीतको भिडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो।

गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’ जस्ता सर्वाधिक रुचाइएका गीत हुन्।

त्यस्तै सदिक्षाका गीत ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्कीफर्की’ जस्ता हिट गीतमा पर्छन। सदिक्षा ‘नेपाल आईडल सिजन २’ बाट उदाएकी गायिका हुन्।

‘नेपाल आइडल सिजन २’ बाट राम्री गायिकाको ट्याग पाएकी गायिका सदिक्षा नेपाली सांगीतिक क्षेत्रमा ठूलाे सम्भावना बोकेकी भर्सटाइल गायिका हुन्। जसको गायन क्षमता अग्रज संगीतकर्मीको नजरमा पर्न सफल छ। जसकारण थोरै गीत गाएकी उनका राम्रा संगीतप्रेमी फ्यानहरू रहेका छन्।

प्रकाशित: २ असार २०८१ ०९:२१ आइतबार

Both audio and video of the song are powerful Velvet Vibes Entertainment Productions Dry bag A versatile singer