कला

म्यादी जागिर

लघुकथा

“शिक्षादीप, शिक्षादीप।’’

“लड्बुद्ध, लड्बुद्ध।’’

जेभियर्स, लिंकन, एस् के कलेज ...,

एसइई परीक्षा दिएर निस्किएका, थकित र भोका नानी बाबुहरूलाई हैरानी दिएर परीक्षा केन्द्रको गेटमा आफ्नो आफ्नो विज्ञापन बाँड्न चिच्याउनेको भिड लागेको थियो।

“लौन असई साव, यो हल्ला र भिडलाई पर भगाइदिनु, काम गर्नै नदिएर हल्ला गरे।’’ केन्द्राध्यक्षले मतर्फ इसारा गरे।

“आखिर आआफ्नो क्षमता र हैसियतअनुसार प्रायः सबैले एउटाएउटा कलेज अवश्य नै छन्ने नै छन्, तपाईंहरू अन्तिम परीक्षाको दिन आइदिनुहोला’’ मैले सम्झाउने प्रयासमा आग्रह गरेँ।

भिडबाट आएको आवाज कारुणिक थियो, “सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’ 

 -दिनेश निरौला 

प्रकाशित: १६ चैत्र २०८० १४:१३ शुक्रबार

अक्षर