कला

लघुकथाबारे चर्चा र पुस्तक मेला हुने

सिर्जना अभियान समाज भक्तपुरले भक्तपुरमा एकदिने लघुकथा पुस्तक मेला गर्ने भएको छ। लघुकथा कृतिको प्रवर्द्धन र स्रष्टा-पाठक बीच संवाद स्थापित गर्न चैत्र १७ गते  शनिवार लघुकथा पुस्तक मेला, स्रष्टाकाे भेला भन्दै मेलाकाे आयोजना गरिएको समाजका सचिव ध्रुव मधिकर्मीले बताएका छन्।

मेलामा पुस्तक प्रदर्शनी, विक्रीवितरणका साथै लघुकथाकृतिहरूकाे विमर्श तथा सामाजिक सञ्जालमा लघुकथाको प्रयोग र परखबारे चर्चा गरिनेछ।

एकदिने सो मेलाका लागि स्रष्टा तथा लघुकथा सम्बन्धी संस्थाहरूको व्यापक सहभागिताका लागि आग्रह गरिएको परिचर्चाका संयोजक डा. हिमलाल श्रेष्ठले जानकारी दिएका छन्।

सहभागीहरूले चैत १५ गतेभित्र पुस्तक उपलब्ध गराउन र कृति चर्चा लगायतका विषयका लागि सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

समाजले लघुकथाको विकास र विस्तारका लागि एक दशकभन्दा बढी समयदेखि कृति प्रकाशन, विमर्श लगायत विविध गतिविधि गर्दै आएको छ।

प्रकाशित: ११ चैत्र २०८० ०९:४० आइतबार

अक्षर