कला

विवाह गर्दै अभिनेत्री तापसी पन्नू

बलिउड अभिनेत्री तापसी पन्नू विवाह गर्दैछिन्।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार उनले मार्चको अन्तिममा विवाह गर्न लागेका हुन्।

उनले आफ्नो प्रेमी माथियास बोसँग विवाह गर्न लागेकी हुन्। तापसी र माथियास करिब १० वर्षदेखि प्रेम सम्बन्धमा थिए। माथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन्।

उनीहरू सिख र क्रिश्चियन परम्परा अनुसार विवाह गर्ने तयारीमा छन्। तापसीले सन् २०१३ मा 'चश्मे बद्दूर' बाट बलिउड फिल्ममा डेब्यू गरेकी थिइन्।

प्रकाशित: १६ फाल्गुन २०८० १३:०४ बुधबार

अभिनेत्री तापसी पन्नू