कला

प्रेम सम्बन्धमा छिन् नन्दिता केसी ?

अभिनेत्री नन्दिता केसीले आफू प्रेम सम्बन्धमा रहेको खुलाएकी छिन्। आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी हुन्।

पहाड र तालको सुन्दर पृष्ठभूमिमा प्रेमीसँग अँगालो हालेको तस्बिर पोस्ट गर्दै उनले आफ्नो रिलेसनसिप स्टाटस खुलाएकी छिन्। तस्बिरको क्याप्सनमा उनले लभहार्ट इमोजी उल्लेख गरेकी छन्।

तस्बिरमा भने उनीहरूको अनुहार भने देखाइएको छैन। उनको यो तस्बिरमा कलाकारसहित फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन्। त्यसको जवाफमा उनले धन्यवाद दिइरहेकी छिन्।

नन्दिता पछिल्लो समय अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन्। उनले फिल्म ‘इन्द्रेणी’ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। 

प्रकाशित: १४ फाल्गुन २०८० १३:५० सोमबार

अभिनेत्री नन्दिता केसी