कला

छब्बिसौ सिम्पल सम्मान अर्पण

सिम्पल आर्ट्स बानेश्वरले छब्बिसौ सिम्पल सम्मान अर्पण गरेको छ। विभिन्न स्रष्टाले खादा, रूद्राक्ष, टीका तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरिएकाे थियाे।

साहित्यकार राधेश्याम लेकालीले समाजसेवी शोभित उप्रेतीलाई, साहित्यकार वेदमणि घिमिरेले साहित्यकार मधुसूदन प्रसाद घिमिरेलाई, साहित्यकार ढुण्डीराज पोखरेलले शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई, कामनपा ३१ का वडाध्यक्ष सरोज ढकालले चलचित्र निर्माता तथा वितरक सरोज शर्मालाई, साहित्यिक पत्रकार तथा साहित्यकार चेतनाथ धमलाले गायक तथा सङ्गीतकार सूर्य दयालुलाई र गायक सिताराम पोखरेलले कलाकार सरिता लामिछानेलाई सम्मान अर्पिएका थिए।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइले स्वागत मन्तव्य, सविना बयलकोटीले स्वागत नृत्य र दुर्गा अधिकारीले लेखेको स्वागत सुसेली ममता मृदुलले गाएका थिए।

साहित्य, संगीत, कला र सामाजिक क्षेत्रका व्यक्तित्वहरू - कात्यायन, दुर्गा अधिकारी भमरकोटे, कृष्ण आचार्य, ध्रुवराज थापा, सुरेन्द्र रायमाझी,वसन्त शर्मा, जयराम बिडारी, प्राडा शुकदेव उपाध्याय, जमुना पोखरेल, प्रीति कौर, रन्जना पराजुली, करुणा पोखरेल, रजनी बस्नेत, विक्रम श्रेष्ठ सागर, राधिका पन्त, सन्तोषकुमार पोखरेल  लगायतकाे  उपस्थित रहेकाे थिए।

सो अवसरमा गीतकार नारायणकुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो। सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले छोटो मन्तव्य दिएका थिए। कार्यक्रममा मनोजकुमार घिमिरेलाई भाग्यशाली दर्शक पुरस्कार प्रदान गरिएको थियो।

सिम्पल आर्ट्सले यसरी नै हरेक वर्ष साहित्य, सङ्गीत, कला र सामाजिक क्षेत्रका पाँच प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ।

२०५५ सालमा विमल, केशव,निबन्ध (विकेनि) ले स्थापना गरेको सिम्पल आर्ट्सलाई उनीहरू तीन जनाको मित्रताको प्रतीकको रूपमा लिने गरिएकाे छ।

कमलनेत्र छुन्नामुन्ना स्कुलमा भएको कार्यक्रम संस्थाका पूर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०८० ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App