कला

नेपाल भाषा संगीत साँझ हुने

काठमाडौ– कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ‘एकल लाइभ म्युजिक इभेन्ट’ मा गुञ्जिने भएकी छन् । आगामी वैशाख २२ गते होटेल याक एण्ड यतिमा हुने कार्यक्रममा उनले आफ्ना चलेका नेपाल भाषाका गीत सुनाउनेछिन्।

आयोजक सुखावती मल्टी प्रोडक्शनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले पनि केही गीत प्रस्तुत गर्नेछन् । संस्थाका अध्यक्ष सुरेन्द्र तुलाधरले दुई घण्टासम्म हुने कार्यक्रममा सर्वहित नेपाल, ललितपुर मल, लण्डन फोशन होम, आरबी फिल्मस् लगायतको सहकार्य हुने जनाए ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:५३ बिहीबार

नेपाल भाषा संगीत साँझ हुने